+
+

‘आचार्य’ फिल्ममा भजन शिरोमणीको निधनपछिका दृश्य पनि हेर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १८:५३
फिल्म ‘आचार्य’को पुनः प्रदर्शनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वरुपराज आचार्य (बायाँ) र सत्यराज ।

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा यसको स्वदेश र विदेशको प्रदर्शन मितिको घोषणा गरियो ।

फिल्ममा आचार्यको भूमिका उनकै जेठा छोरा तथा गायक सत्यराजले निर्वाह गरेका छन् । उनी फिल्मका निर्माता समेत हुन् । पहिलो पटक रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए ।

पुनः प्रदर्शन बुबाप्रति ‘ट्रिब्युट’ रहेको उनको भनाई छ । नयाँ फिल्मजस्तै गरि यसको पुनःप्रदर्शन हुनेछ । आउँदो साता ट्रेलर रिलिज हुनेछ । असार ५ गते राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ ।

प्रशान्त रसाइली निर्देशित फिल्ममा सत्यसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्लको अभिनय छ । आचार्यका कान्छा छोरा तथा गायक स्वरुपले पनि श्रद्धाञ्जलीस्वरुप फिल्मको पुनः प्रदर्शन गर्न लागिएको बताए ।

‘सायद त्यो बेला फिल्मको लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले पुनः रिलिज गर्न लागेका हौं’ उनले भने । फिल्ममा गायक आचार्यको जीवनका पाटा केलाइएको छ ।

गाउँबाट काठमाडौंमा आएर संगीतमा स्थापित हुन उनले गरेको संघर्षको कथावस्तुमा फिल्म आधारित छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको बताएपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि फिल्मले चित्रण गर्छ ।

रि-रिलिजबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायत सहभागि थिए । नेपालमा ब्यांकटेस र विदेशमा सेभेन सिजले प्रदर्शन गर्न लागेका हुन् ।

पुनः सम्पादन गरेर फिल्म प्रदर्शन गर्न लागिएको हो । फिल्ममा भजन शिरोमणीको निधनपछिका दृश्य पनि समावेश गरिएको छ । यसपटक आफूहरुले दर्शकलाई पूर्णरुपमा बायोपिक देखाउन खोजेको अभिनेता सत्यराजले बताए । फिल्मका निर्माता रोशन राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?