+
+

मौरी चराउँदा स्याउ धेरै फल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते ६:१५

Apple
२१ भदौ, मुस्ताङ । मुस्ताङमा अघिल्लो वर्ष निकै कम स्याउ फल्यो । उत्पादन घटेपछि घाटा भएको भन्दै किसानले चिन्ता व्यक्त गरे । यसैबीच, विज्ञले नयाँ जुक्ति निकाले-स्याउको बाटोमा फूल लाग्ने बेला मौरी चराउने । अनुमान सही ठहरियो । स्याउ बगैंचामा एकमहिना मौरी चराउँदा उत्पादन ह्वात्तै बढ्यो ।

कृषि कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण पौडेलले फूल खेल्ने बेला मौरी चराएको परिणामस्वरुप यसपटक धेरै स्याउ फलेको बताए । ‘कसरी बढी फलाउने भनेर उपाय खोजीरहेका थियौं । परीक्षणको रुपमा बगैंचामा मोरी चराएको हो,’ उनले भने । मौरीले परागसेचन गराउने भएकाले त्यो विकल्प अपनाएको पौडेलले बताएको नागरिक दैनिकमा खबरछ ।

बढी चिसोका कारण उक्त क्षेत्रमा मौरीजस्ता किराको गतिविधि कम हुने र त्यसले परागसेचनमा असर पार्ने पौडेलको भनाइ छ । कार्यलयले परागसेचन बढाउन मौरीलाई परीक्षणको रुपमा प्रयोग गरिएको थियो । ‘चैतको अन्तिममा स्याउमा फूल लाग्छ । त्यही बेला बगैंचामा मौरी लगेर चराइएको थियो, एक महिना मौरी चराउँदा त्यसले परागसेचन बढायो,’ पौडेलले भने, ‘वर्षौसम्म फूल खेलेर पनि दाना नलाग्ने बोटमा यसपटक फल लटरम्म लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?