+
+
Shares

आईक्लाउडको सुरक्षा बढाउने एप्पलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते १४:४२

icloud

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्नो स्टोरेज सेवा आईक्लाउडको सुरक्षा बढाउने घोषणा गरेका छन् ।

आईक्लाउडबाट चर्चित हस्तीहरुको निजी तस्वीर चोरी र अनलाइन पोष्टपछि एप्पलले यो कदम चालेको हो ।

टिम कुकले वाल स्ट्रीट जर्नलसँग भनेका छन्-‘हृयाकरले अब सही पासवर्ड अनुमान गर्नुपर्छ ।’ तस्वीर चोरीका क्रममा एप्पलको सुरक्षा घेरा भने नतोडिएको उनले बताएका छन् ।

अब कुनै नयाँ डिभाइसबाट डाटा खोल्ने वा पासवर्ड परिर्वतन गर्ने प्रयास गरेर एप्पलले आफ्नो ग्राहकलाई अलर्ट गराउनेछ ।

दई साताभित्र एप्पलले आफ्ना यूजरको गतिविधिका बारेमा नोटिफिकेशन पठाउने सुरु गर्नेछ ।

हालै मात्र हलिउडका हस्तीहरुको निजी तस्वीर अनलाइनमा प्रकाशित भएको थियो । अभिनेत्री जेनिफरले अनलाइनमा प्रकाशित आफ्नो नग्न तस्वीर असली भएको बताएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?