Comments Add Comment

बेलारुसको कन्सुलर कार्यालय विशालनगरमा

Belarus-Cansular
बेलारुसका राजदूत भिटाली ए प्रिमा र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोख्रेल संयुक्तरुपमा झण्डाेत्तलन गर्दै ।

२२ भदौ, काठमाडौं । युरोपेली मुलुक बेलारुसको कन्सुलर कार्यालय विशालनगरमा खोलिएको छ । कार्यालयको नेपालका लागि बेलारुसका राजदूत भिटाली ए प्रिमा र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोख्रेलले संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत प्रिमाले नेपालसगँको सम्बन्धलाई बेलारुसले उच्च प्राथमिकतामा राखेको र भविष्यमा यसलाई अझ व्यापकता दिने बताए ।

शिष्टाचार महापाल पोख्रेलले बेलारुस सँगको सम्बन्ध कूटनीतिक तहमा मात्र नभई उद्योग, व्यापार, शिक्षा लगायत जनस्तरमा समेत विकसित हुँदै जाने बताए ।

नेपालका लागि बेलारुसका वाणिज्यदूत अजेयराज सुमार्गीले युरोपको सम्पन्न राष्ट्रको रुपमा परिचित बेलारुसले आफुलाई विश्वास गरी नेपालको वाणिज्य दूत नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गरे ।

राजदूतले प्रिमाले हिजो राष्ट्रपति डा. रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए । उनले हिजै परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, शिक्षामन्त्री चित्रलेखा यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकर दाहाल बैरागीसँग पनि भेट गरेका थिए ।

परराष्ट्र मन्त्रीसँगको भेटमा राजदूत पि्रमाले आपसी हित तथा सहयोगका क्षेत्र बिस्तार गर्दै जाने बताएका छन् । आजको विश्व ईको पोलिटिक्सतर्फ अग्रसर भएको २१औं शताब्दीमा आर्थिक उन्नतिलाई लक्ष्य राखी आपसी हितमा निहित सम्बन्ध नै प्रमुख हुनेतर्फ मन्त्री पाण्डे र राजदूतबीच गम्भीर छलफल भएको थियो ।

शिक्षामन्त्रीसँगेको भेटमा बेलारुसका तर्फबाट नेपालको शिक्षा क्षेत्रमा सहयोगको सम्भावना पहिल्याउने र नेपाललाई छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा विस्तृत कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment