+
+

घाइते हुँदा-हुँदै आर्यन सुटिङमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २२ गते ११:२७

aaryan-sigdel-in-aabeg
चलचित्रका निर्माता र अन्य कलाकारलाई समेत अप्ठ्यारो पर्ने भन्दै नायक आर्यन सिग्देल घाइते अवस्थामा नै छायांकनमा लागेका छन् । केही दिनअघि उनी चलचित्र ‘आवेग’को छायांकनको समयमा खुट्टामा चोट लागि घाइते भएका थिए । आर्यनको घँुडाको लिगामेन्ट्स च्यातिएको र कुरकुरे हड्डी भाँचिएको छ ।

तर चलचित्रको निर्मातालाई आफू आराम गर्दा लाखौ रुपैयाँ घाटा लाग्ने भन्दै आर्यन छायांकनमा फर्किएका हुन् । निर्देशक वसन्त निरौलाले चलचित्र ‘आवेग’को छायांकन अब निरन्तर हुने जानकारी दिए ।

शनिबार काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा सहभागी भएका आर्यनको खुट्टामा गम्भिर चोट लागेको स्पष्ट देखिन्थ्यो । एक गीतको छायांकन र केही एक्सन दृश्य सकेपछि आर्यनले खुट्टाको अप्रेशन गर्नेछन् । आर्यनले यस्तो काम गरेर एक व्यवसायीक हिरोमा हुनुपर्ने काम र कर्तव्य देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?