+
+

नेप्से परिसूचक ८७५ अंकमा झर्‍यो, ५० करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २२ गते १७:२९

२२ भदौ, काठमाडौं । निरन्तर ओरालो लाग्ने क्रममा आइतबार नेप्से परिसूचक ४६.१३ अंकले घटेर ८ सय ७५ अंकमा झरेको छ । Nepse-2071-5-22आइतबार नेप्सेमा कारोबार गर्ने सबै समुहगत परिसूचकहरु ओरालो लागेका छन् ।

अघिल्लो महिना १०८३ अंकमा पुगेको नेप्से परिसूचक आरालो लाग्ने क्रममा छ । यस दिन हाइड्रोपावर, इन्स्योरेन्स र बैंकिङ समूहको परिसूचक उच्च अंकले घटेको छ ।

आइतबार बैंकिङ समूहको सुचक ५२.५९ अंकले घटेको छ भने होटल समूहको ८.११ अंक, विकास बैंक समूहको १६.५९ अंक, हाइड्रोपावर समूहको १७०.८५ अंकले  घटेको छ । त्यस्तै, फाइनान्स समूहको ११.८५ अंक, इन्स्योरेन्स समूहको १६१.२२ अंक, निर्माण तथा उत्पादन क्षेत्रको ०.६८ अंक र अन्य समूहको २७.०१ अंकले परिसूचक ओरालो लागेको छ ।

आइतबार नेप्सेमा ५० करोड १७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २९ हजार ३ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?