Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दलहरुबीच दूरी बढ्दो अवस्थामा रहेको, भदौ सम्ममा संविधानका अन्तरवस्तुमा सहमति नभए निर्वाचन प्रणालीबाट अघि बढ्ने एमालेले निष्कर्ष निकाले, एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि उच्च संयन्त्र वा राष्ट्रिय सरकारका लागि प्रस्ताव गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले ठगहरुले आफैं अपहरणको उजुरी गर्न थालेको, कोटेश्वर कलंकी सडक निर्माण अवरुद्ध भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले नेताको उपचारले राष्ट्रको ढुकुटी रित्तिँदै गएको, सर्वपक्षीय सभाको वैधतामा युरोपेली चासो, कलाकर्मीले राष्ट्रिय परिचयपत्र पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले राजदूतले मनोमानी ढंगले खर्च गर्ने गरेको, सभासदले नै किर्ते गरी पीडितहरुको पैसा झिक्ने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले काठमाडौंदेखि खासासम्म सुन तस्करीको जालो रहेको, सार्क राष्ट्रमा सहज भिसाका लागि नेपालले पहल थालेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment