+
+

सविन र सुशान्तको नयाँ हिरोइनसँग प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २६ गते ११:१०

sabin-susant-and-janwi
ऋषीराज आचार्यको निर्देशनमा चलचित्र ‘सपना तिम्रो मेरो’ बन्ने भएको छ । आज काठमाण्डौको भद्रकाली मन्दिरमा आयोजना गरिएको कार्यक्रममा सिनेमाको शुभसाइत गरिएको छ । संविधानविद् भिमार्जुन आचार्यले सिनेमाको शुभसाइत गरे ।

आर.बी म्यूजिकको प्रस्तुतीमा तयार हुने सिनेमामा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगरको साथमा नव कलाकार जान्वी बोहराको अभिनय रहनेछ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको नृत्य रहनेछ ।

काठमाण्डौ, पोखरा, जिरी, चरिकोट लगायतका स्थानमा सिनेमाको छायांकन हुने निर्देशक आचार्यले जानकारी दिए । चलचित्रको छायांकन करिब २५ दिनमा सक्ने योजना बनाइएको छ । चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोकेको छ । माया गरेका र नगरेका दुबैलाई माया गर्न सिकाउने सिनेमा ‘सपना तिम्रो मेरो’ रहेको निर्देशक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?