२६ भदौ, काठमाडौं । १६ औं एसियाली खेलकुदमा नेपाललाई एक मात्रै पदक दिलाउने मुक्यबाज दिपक महर्जनले दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उपचार खर्च नपाएको गुनासो गरेका छन् ।
आफूले पटक-पटक राष्ट्रिय खेलकुद परिषदलाई उपचार गराउन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा महर्जनले देशको लागि रगत पसिना बगाउने खेलाडीलाई राज्यले यसरी बेवास्ता गरेपछि आफू घरको न घाटको भएको समेत बताएका छन् । उपचार गराउन राखेप सदस्य सचिव युवराज लामालाई आग्रह गर्दा कुनै पनि हालतमा उपचार नगर्ने धम्की दिएको उनको आरोप छ ।
महर्जन चिनको ग्वान्जाऔमा सम्पन्न १६ औं एसियालि खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने खेलाडी हुन् । १७ औं एसियाली खेलकुदको तयारीका क्रममा उनको दायाँ खुट्टाको लिगामेन्ट च्यातिएको छ ।
उनको उपचारका लागि करिव १४ लाख रकमको आवाश्यक पर्छ तर, सरकारले जम्मा ७ लाख रुपैयाँ मात्रै प्रदान गरेको छ । तर, मर्हजनले भने सम्पूर्ण उपचार खर्च राज्यले नै बेहोर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4