Comments Add Comment

यू-१७ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

Nepali-football-team

२६ भदौ, काठमाडौं । यू-१७ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।  एफसी यू-१६ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा उत्तर कोरियासँग ४-१ गोल अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा उज्वेकिस्तानसँग बराबरी खेल्दै दोस्रो खेलमा कुवेतलाई २-१ ले पराजित गरेको नेपालका लागि अघिल्लो चरण प्रवेशका लागि बराबरी चाहिएको थियो ।  तर, पहिलो हाफमा खाएको चार गोलका कारण नेपाल पराजित हुन पुग्यो ।

कोरिया र उज्वेकिस्तान भने नकआउट चरणमा पुगेका छन् । उज्वेकिस्तानले कुवेतलाई ४-२ ले पराजित गरेको छ ।थाइल्याण्डमा जारी एफसी यू-१६ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने यू-१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

राजा मंगला स्टेडियममा भएको खेलमा नेपालले चौथो मिनेटमा नै गोल खाएको थियो । १२ औं मिनेटमा नेपालका कप्तान विमल घर्तीमगर वान भर्सेज वानमा गोल गर्न चुके ।

Bimal

१५ औं मिनेटका कोरियामा हाङ क्वाङको प्रहार पोलमा लग्दा नेपाल दोस्रो गोल खानबाट बच्यो । तर, २३ औं मिनेटमा अमित तामाङको गल्तीको फाइदा उठाउँदै कोरियाले अग्रता दोब्बर पार्‍यो ।

खेलको २६ औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिए । तर, लगतै कोरियाका हान क्वाङले गोल गर्दै कोरिलाई ३-१ को अग्रता दिलाए ।

हिलो हाफको अन्तिम मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै कोरियाले गोल थप्यो । नेपाली गोलरक्षक अघि बढेको मौकामा कोरियका खेलाडीले हेड गोल गर्दै पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा विमल फेरि वान भर्सेज वानमा चुके । ८४ औं मिनेटमा वान भर्सेज वानमा नेपालका गोलरक्षकले बचाए ।

तस्वीरः गिभ मि गोल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment