Comments Add Comment

डीभी पीआर होल्डरलाई कारबाही गर्ने विधेयक पारित गर्न मन्त्री पण्डितले राष्ट्रपति गुहारे

२६ भदौ काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी पीआर होल्डर सरकारी कर्मचारीलाई कारबाही गर्ने विधेयक पारित गर्न राष्ट्रपति गुहारेका छन् ।

Ram-baran-and-lalbabuमन्त्री पण्डितले बिहीबार राष्ट्रपतिलाई भेटेर विधेयकबारे विस्तृत वि्रफिङ गरेका छन् । ‘मेरो काम भनेको जनतादेखि राष्ट्रपतिलाई कन्भिन्स गराउने हो’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने-‘राष्ट्रिय हित र प्रशासन संयन्त्रलाई सुदृढ बनाउन विधेयक ल्याएको बताएको छु ।’

शीतलनिवास श्रोतका अनुसार मन्त्रि पण्डितले झण्डै एक घन्टा कुरकानी गरेका थिए । भेटमा मन्त्री पण्डितले विधेयक पारित हुन नदिन सत्तारुढ र प्रतिपक्षका केही व्यक्ति लागेको भन्दै सहयोग मागेका छन् ।

राष्ट्रपति यादवले आफूलाई विधेयक राष्ट्रहितमा रहेको भन्दै खुट्टा नकमाउन आग्रह गरेको सामान्य प्रशासनमन्त्री पण्डितले बताए । राष्ट्रपतिको भनाइ उद्त गर्दै उनले भने-‘राष्ट्रपतिले मैले आफ्नो ठाउँबाट सहयोग गर्छु । तपाई खुट्टा नकमाउनुस् भन्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment