Comments Add Comment

काठमाडौंमा महिला उद्यमशीलता सम्मेलन हुँदै

Mahila-udhyami

२७ भदौ, काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंमा दोस्रो महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाली यूवा उद्यमी मञ्चको नेतृत्वमा सम्मेलन आयोजना हुन लागेको हो ।

मेलाले समाजमा महिलाहरुको परम्परागत भूमिकाभन्दा उनीहरुमा रहेको उद्यमशीलताको उत्खनन गरी आर्थिक विकास र समृद्धिमा महिलाहरुको भूमिकालाई इन्धनको रुपमा उपयोग गर्ने आयोजकको विश्वास छ ।

याक एण्ड यति होटलमा हुने मेलामा दुईसय सक्रिय महिला र विश्वभरका ५० प्रेरणादायी व्यक्तिको सहभागिता रहनेछ । महिला उद्यमशीलताको प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकास, रोजगारी सृजनामासमेत सम्मेलन कोशेढुंगा हुने आयोजकको विश्वास छ ।

सम्मेलको मुख्य वक्ताको रुपमा इन्टरप्रेनर अर्गनाइजेसनका पूर्वअध्यक्ष तथा पालम मेसाडनका क्रियटिभ डाइरेक्टर रोजमेरी टान रहनेछन् । सम्मेलनले महिला उद्यमशीलताको खोजी गर्नुका साथै उनीहरुलाई उद्ययमी बनाउन प्रेरित गर्नेछ ।

नेपाली महिला उद्यमीलाई उद्यमीशिलतामा लागिरहनका साथै नयाँ आउने उद्यमीलाई चुनौतिको सामना गर्ने शक्ति, जोस, जाँगर ल्याउने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment