मुम्बइ । मिका सिंहको स्वरमा मोहित हुनेहरु धेरै छन् । स्वरको जादुले सबैलाई मोहित बनाएका मिका फिल्म निर्माणमा पनि हात हालेका छन् ।
मिकाले आफ्नै जीवन कथामा आधिरित फिल्म बनाइरहेका छन जसमा उनको आफ्नै अभिनय पनि छ ।
‘बल बिन्दर सिंह फेमश हो गए’ नाम राखेर फिल्म बनाएका मिकाले फिल्म सम्बन्धी एक प्रश्नमा आफुले राखी सावन्तको प्रेरणाले फिल्म बनाएकोे बताएर सवैलाई चकित पारिदिएका छन् ।
आफ्ना फिल्मका वारेका सकारात्मक टिप्पणी गर्नेहरुप्रति मिका नतमस्तक भएपनि राखीको प्रसंसालाई भने कुटनीतिक चाल पो हो कि भनेर आशंका पनि गरेका छन् ।
किनकी केही वर्ष अघि मुम्बईमा आयोजित एक कार्यक्रममा राखीले मिका सिंह बिरुद्ध पत्रकार सम्मेलन गरेकी थिइन् । आफुलाई सार्वजनिक कार्यक्रममा मिका सिंहले जर्बजस्ती चुम्बन गर्यो भन्दै राखीले मिडिया सामु गुहार मागेकी थिईन् ।
फिल्ममा मिका सिंह र शानको मुख्य भुमिका रहेको छ भने सन्नी लियोनीले पनि एउटा गीतमा नृत्य गरेकी छिन् । अडियो लञ्चको अवसरमा अभिनेता अमिताभ बच्चनले गीतको प्रसंसा गरिदिएपछि मिकाको फिल्मका विषयमा चासो बढेको छ ।
प्रतिक्रिया 4