Comments Add Comment

राहत दिन आर्थिक सहयोग गर्नेलाई द ह्वाइट जोनद्वारा आभार व्यक्त

thewhitejone

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुरे तथा बाँकेका बाढीपहिरो पीडितलाई दिएको आर्थिक सहयोग प्रदान गर्न सक्रिय भएर लागेका नेपालीहरुलाई द ह्वाइट जोनले अभार व्यक्त गरेको छ ।

द ह्वाइट जोनका संयोजक पंकज खड्काले एक विज्ञप्ति जारी गरी नेपालमा भएको दैवी प्रकोपमा परेकालाई राहत प्रदान गर्न सहयोग गर्ने अमेरिकामा रहेका नेपालीहरुप्रति आभार व्यक्त गरेका हुन् ।

अमेरिकामा रहेका नेपालीहरुबाट संकलित राहत रकम द ह्वाइट जोनको संयोजनमा सिन्धुपाल्चोक र बाँकेका बाढीपहिरोपीडितलाई वितरण गरिएको थियो । अमेरिकामा संकलित छ लाख रुपैयाँ रकम मध्ये बाँकेको मनिकापुर गाविस ४ का स्थानीयबासीलाई तीनलाख रुपैयाँ बराबरको राहत रकम वितरण गरिएको थियो । गाउँविकास समितिको कार्यालयमा पीडितहरुलाई भेला गराएर दाल, चामलसहितका खानेकुरा र नगद पीडितहरुलाई वितरण गरिएको थियो ।

thewhitejone1

त्यस्तै सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले बगाएको बनसाँघु विद्यालयलाई तीन लाख रुपैयाँको आर्थिक सहयोग गरिएको थियो । उक्त रकम विद्यालयका प्रधानाध्यापक बलराम तिम्सिनालाई प्रदान गरिएको थियो ।

नेपालको विकासका लागि प्रवासी नेपालीहरुलाई एकताबद्ध बनाउन स्थापना भएको द ह्वाइट जोनले आगामी दिनमा पनि दैवी प्रकोपमा परेकालाई सहयोग गर्नुका साथै नेपालको शैक्षिक तथा सामाजिक विकासका लागि पनि आगामी दिनमा काम गर्ने अध्यक्ष खड्काले उल्लेख गरेका छन् ।

thewhitejone2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment