३१ भदौ, काठमाडौं । वेष्टर्न युनियन महिला राष्ट्रिय लिग फुटबलमा पाल एपीएफले सुदूरपश्चिमाञ्चलविरुद्ध गोलको वर्षा नै गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौर भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई १०-० गोलले पराजित गरेको हो । एपीएफ का लागि सजना रानाले १२ औं खाता खोलिन् ।
सुदूरपश्चिमकी सीमा चौधरीले १८ औं मिनेटमा आत्माघाती गोल गरेपछि एपीएफको अग्रता दोब्बर भयो । खेलको २४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी सजनाले २९ औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरिन् ।
रेनुका नगरकोटीले ३२ र अनिता बस्नेतले ३५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा एपीएफ ६-० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ५६ औं मिनेटमा रेनुकाले व्यक्तिगत दोस्रो गोल गरिन् भने सपना राईले ७९ औं मिनेटमा गोल गरिन् । ८४ र ८८ औं मिनेटमा साबित्रा भण्डारीले गोल गरेपछि एपीएफले १०-० को जित हात पारेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मीले पश्चिमाञ्चललाई २-० गोलले पराजित गरेको छ । आर्मीको जितमा कबिता धिमालले ५१ र अन्जली वाईवाले ६६ औं मिनेटमा गोल गरिन् ।
यस्तै मध्यमाञ्चलले पूर्वाञ्चल महिला टिमलाई २-१ गोलले पराजित गरेको छ । पूर्वाञ्चलले २२ औं मिनेटमा कबिता सुन्दासको गोलबाट अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेन । मध्यमाञ्चलका लागि निर्मला कुश्वारले ६१ र निर्मला के.सीले ६२ औं मिनेट गोल गरिन् ।
प्रतिक्रिया 4