Comments Add Comment

इन्दिराको गीत र पार्वतीको नृत्य हेरेर डिसीवासी मख्ख

Indira-joshi-america
भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजित कार्यक्रममा गायिका इन्दिरा जोशीको गीत र पार्वती राइको नृत्यले दर्शक मख्ख परेका छन् ।

कार्यक्रमा इन्दिराले चलचत्र ‘लुट’ को उध्रेको चोली तिम्रो बोलको गीत गाएकी थिईन् । उक्त गीतमा निकै रमाएका दर्शक अरुण थापाले गाएको केही गीतमा इन्दिराको स्वर सुनेर भने भावकु भएका थिए ।

चर्चित नृत्यङगना पार्वति राईको नृत्यले धेरै दर्शक मख्ख थिए । विभिन्न गीतमा आकर्षक नृत्य गरेकी पार्वती दर्शकको वाहवाहीकी पात्र बन्न सफल भईन् । कार्यक्रममा गायकद्धय निमा रुम्बा र दिपक लिम्बुले पनि विभिन्न गीत प्रस्तुत गरेका थिए ।

डिसीमा बस्ने दर्शकसंग लामो समयपछि साक्षात्कार गर्न पाएको भन्दै गायक निमा रुम्बाले खुसी ब्यक्त गरे । अर्का गायक दिपक पनि डिसीवासीलाई गीत सुनाउन पाएकोमा खुसी थिए ।
आयोजक संस्थाका भरत बराइलिका अनुसार उक्त क्षेत्रमा चारवटा कार्यक्रम भएको थियो । तर, इन्दिराको गीत सुन्न र पार्वतीको नृत्य हेर्न डीसी, भर्जिनिया र बाल्टिमोरमा बसोवास गर्ने नेपाली आएका थिए ।
विजय थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment