काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी ‘मेगा ग्राहक सप्ताह’ मनाउने भएको छ ।
दशैंको अवसर पारेर मेगाले बैंकको प्रधान कार्यालय, कान्तिपथमा ग्राहक सप्ताहको आयोजना गरेको हो । असोज ५ गते आइतबारदेखि असोज १० गते शुक्रबारसम्म चल्ने सप्ताहमा क्वीजदेखि विभिन्न कार्यक्रमबाट ग्राहकलाई मनोरन्जन प्रदान गरिनेछ ।
बैंकमा आउने ग्राहकहरुले सिइओ अनिलकेशरी शाह तथा राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेल र अमृत भट्टराईसँग पनि सहजै अन्तरक्रिया गर्न पाउनेछन् ।
यसैगरी, आगामी तीन महिनासम्म नयाँ ग्राहकहरुले मेगा योङस्टार खाता खोली बचत भएको रकम बराबरको १ प्रतिशत रकम बैंकले ग्राहकहरुका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा असहाय बालबालिकाहरुका शिक्षाको लागि सहयोग गर्नेछ ।
मेगा बैंकका सिइओ शाहले यस्ता कार्यक्रमले ग्राहकसँग सम्बन्ध नजिकिन नयाँ आयम बताए ।