Comments Add Comment

पोखरामा सुरु भयो ‘बञ्जी जम्प’, ३५ सय तिरेर मज्जा लिन पाइने

Pokhara-Bunjy-2
५ असोज, काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य पोखरामा आजदेखि नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ सुरु भएको छ । बञ्जी स्थल हेम्जामा एक समारोहबीच बञ्जीको समुद्घाटन गरिएको छ ।

बञ्जी जम्पकाे उदघाटन कार्यक्रमममा स्थानिय पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरुको बाक्लो भिड लागेको थियो ।

बञ्जी गोल्छा अर्गनाइजेसन अन्तर्गतको हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले मंगलम ग्रुपसँग सहकार्य गरी  सञ्चालनमा ल्याएको हो । यो बञ्जी द लास्ट रिसोर्टले भोटेकोशीमा सञ्चालन गरिरहेको बञ्जी भन्दा फरक खालको रहेको छ ।

करिव ७० मिटर उचाई रहेको बञ्जीको ५० मिटर उचाई जमिनको ढिस्को रहेको छ भने २० मिटर उचाईको टावर निर्माण गरिएको छ ।

यस्ताे छ शुल्क

बञ्जी जम्पका लागि नेपालीहरुलाई ३ हजार ४ सय ९० रुपैयाँ तोकेको छ भने विदेशीहरुलाई ६ हजार ८ सय ९० रुपैयाँ तोकेको कम्पनीका अप्रेसन म्यानेजर दिनेश महर्जनले बताए । फोटो र भिडियोका लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ ।

अप्रेशन म्यानेजर महर्जनका अनुसार फोटो, भिडियो र फ्रेम फोटोका लागि १९ सय रुपैयाँको प्याकेज लिनुपर्ने हुन्छ । प्याकेज नलिएर फोटो वा भिडियो मात्र लिन चाहाने ग्राहकहरुका लागि पनि कम्पनीले फरक फरक रेट तय गरेको छ ।

जमीनमा ठूलो प्राकृतिक पानी पोखरी रहेको हुँदा बञ्जी गर्नेहरु पोखरीमाथी पुग्छन् । जसले उनीहरुलाई छुट्टै आनन्द प्रदान गर्ने कम्पनीको अपेक्षा छ । यस्तो खालको बञ्जी विभिन्न देशमा सञ्चालन भएपनि सबैभन्दा अग्लो यहाँकै रहेको दाबी गरिएको छ ।

Pokhara-Bunjy-4

भोटेकोशी बञ्जीको तुलनामा आधा होचो भएपनि यसले पनि ‘थि्रलर फिलिङ्स’ पैदा गरिदिने विश्वास कम्पनीले लिएको छ । भोटेकोशीमा रहेको बञ्जी जम्पको उचाई १ सय ६० मिटर रहेको छ ।

‘ग्राहकहरुले आफुले तिरको पैसा बराबरको सन्तुष्टि हाम्रा बञ्जीबाट प्राप्त गर्नेछन्’ कम्पनीका सेल्स इन्चार्ज दीप गुरुङले भने- ‘पर्यटकीय हव पोखरामा यो बञ्जी जम्प लोकप्रिय हुनेमा कुनै दुई मत छैन ।’

हाइग्राउन्ड एडभेञ्चरले क्रेजी एभेञ्चर गतिविधीमा जोड दिँदै आएको छ । उसले भित्राएको जीप फ्लायर पनि नेपालमै पहिलो हो ।

लक्षित ग्राहक स्वदेशी र विदेशी

नेपालीहरु समेत साहसिक गतिविधिमा सहभागी हुन थालेको हुँदा कम्पनीले स्वदेशी विदेशी दुबैलाई लक्षित गरेर बञ्जी निर्माण गरेको बताएको छ । पर्यटन सिजनेवल व्यवसाय भएको हुँदा बञ्जीमा पर्यटकीय समयमा विदेशीहरु बढी हुने र अफसिजनमा नेपालीहरु बढी हुने बताउँछन गुरुङ ।

पछि जीप फ्लायर र बञ्जीलाई प्याकेजमा राखेर पनि ग्राहकलाई सेवा दिने उद्देश्य कम्पनीले लिएको छ । प्याकेजमा सस्तो पर्ने हुँदा ग्राहकहरुले थोरै पैसामा धेरै मनोरञ्जन लिन सक्नेछन् ।

Pokhara-Bunjy Pokhara-Bunjy-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment