Comments Add Comment

नानीहरुको गुन्यु छोटियोः बद्री पंगेनी

badri-paganiकाठमाडौं । चर्चित लोक गायक बद्री पंगेनीले आफ्नो संकृतिलाई बिर्सेर म्युजिक भिडियोहरु भल्गर बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले  भने – ‘लोकगीत र भिडियोमा कुनै मापदण्ड नभएका कारण पछिल्लो समय लोेकगीतको भिडियोमा नाच्ने नानीहरुको गुन्यु छोटिंदै गएको छ ।’

नेपाली लोकगीतमा नेपाली जीवनशैलीको एउटा पाटो झल्किनुपर्छ भन्ने यी गायकलाई लाग्छ । ‘गीतको मर्यादा जोगाउने काम गायक गायिकाले नै गर्ने हो ।’

तर, पछिल्लो समय लोकगीत गायक र संकलक पनि अल्छि हुन थालेको हो कि जस्तो लागेको छ उनलाई । कतिपय भिडियोले लोकगीतको मानमर्दन गराएको अनुभुति गरेका बद्री भन्छन ‘लोकगीतको मर्यादा एकजनाले जोगाएर हुँदैन सबै इमान्दार भएर लाग्नुपर्छ ।’

शब्द चयन र भाकामा निकै ख्याल गर्ने गायकाका रुपमा चिनिने बद्रीले दजनौ हिट गीत गाएका छन् । पछिल्लो समय मायाले झुक्यायो बोलको गीत निकै चर्चित भएको छ ।

सांस्कृतिक कार्यक्रमका लागि उनि थुप्रै देश गएका छन् । तर, ति देशका भौतिक सुख सुविधाले आकषिर्त गर्दैनन् । उनि भन्छन ‘म त गाउँको मान्छे मलाई सुविधासम्पन्न शहरले आकषिर्त गर्दैन ।’ अमेरिकाको वासिङटन डिसी भन्दा हुम्लाको सिमिकोट रमाईलो लाग्छ भन्ने बद्रीले प्राय चाड पर्व गाँउमै मन पराउने गरेका छन् ।

खरी झरेको मादलबाट सगीत सुरु

पाल्पाको रामपूरमा जन्मेका बद्री सानैदेखि गीत संगीतमा रुचि राख्थे । साँझ रोधीघरमा पुग्ने बित्तिकै खरी झरेको मादल बजाउँथे । गतिलो मादल दिएनन् र ? बद्री हाँस्दै भन्छन ‘केटाकेटीलाई सद्दे मादल कसले बजाउन दिन्छ र’ ?

खरी झरेको मादल बजाउने बद्रीले सोचेका थिएनन् चर्चित गायक हुन्छु भनेर । उनलाई खेलाडी नै हुन्छु भन्ने लागेको थियो । अहिले खेलका दर्शक मात्रै हुन् भने लोक गायनका पोख्त खेलाडी । ‘मोजाको बलले हार्‍यो खरी झरेको मादलले जित्यो ।’ बद्रीले भने ।

शहरीयाले ठाउँ दिन्नन्
स्वदेशदेखि विदेसमा बस्नेहरुले समेत लोकगीतलाइ सुन्छन् अचेल । कुनै वेला लोक गीत भन्ने बित्तिकै नाम खुम्च्याउनेहरु समेत अहिले लोकगीतप्रति आकषिर्त भएकोमा उनी खुसी छन् । स्रोताले यस्ता गीतलाई राम्रो मानेपनि शहरका केही सम्भ्रान्तहरुले अझै राम्रो आँखाले हेर्ने नगरेको बुझेका छन् उनले । मिडियाले पनि लोकगीतलाई नदेखे जस्तो गरेको गुनासो गरे उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment