Comments Add Comment

अशिष्माको कोकाकोला फिगर र रिस्ताको जवानीको कस्साकस्सी

ashisma-and-takme

फागुन १ गतेबाट विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘अधकट्टी’को दुई गीत सार्वजनिक गरिएको छ । निर्माणअघि नै चर्चा पाएको ‘मेरो कोकाकोला फिगर’ र एक प्रेमगीत आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको यो सिनेमामा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बाँस्तोलाको अभिनय छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिनेछिन् ।

द्धारिका उदय प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी जनरको भनिएको छ । कार्यक्रममा बोल्दै कलाकार विल्सन विक्रम राइले ‘अधकट्टी’ प्रदर्शनसँगै आफूलाई दर्शकले ‘टाँसी’ पात्रको रुपमा चिन्ने बताए । नायिका अशिष्मा नकर्मीले आफूले मिहिनेत गरेर काम गरेको भन्दै आफ्नो क्यारेक्टरलाई न्याय दिन खोजेको बताइन् । निर्माता प्रदिप कुमार उदयले हतारमा सिनेमा बनाएर हतारमा प्रदर्शनमा ल्याउँदा हतारमै हलबाट बाहिरिने भएकाले समय लगाएर ‘अधकट्टी’ बनाएको बताए ।

कार्यक्रममा द्धारिका उदय प्रोडक्शनको ब्यारनमा बन्न लागेका नयाँ दुई चलचित्रको पनि घोषणा गरियो । जसमा ‘नमस्ते नेपाल’ र ‘प्रोडक्शन नम्बर ३’ रहेको जानकारी दिइयो ।adhakatti

बेल्जियम लगायत यूरोपका विभिन्न देशमा छायांकन हुन लागेको चलचित्र ‘नमस्ते नेपाल’लाई राजु शाहले निर्देशन गर्दैछन् । प्रदिप कुमार उदय, श्याम श्रेष्ठ र श्रीजु शाहको लगानी रहने सिनेमामा दिव्य सुवेदीको छायांकन, बसन्त सापकोटा र ओम सुनारको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेनछ ।

चलचित्रमा सविन श्रेष्ठ, आना(बेल्जियम), श्याम श्रेष्ठ(बेल्जियम), गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम)को मुख्य भूमिका रहेनछ । चलचित्रका लागि मुख्य नायिकाको छनोट भने बेल्जियममै गरिने निर्माणपक्षले जनाएको छ । यो सिनेमाको लगानी ७५ लाख भनिएको छ ।

यस्तै, ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको नयाँ सिनेमाको छायांकन फागुनबाट गरिने बताइएको छ । ‘प्रोडक्शन नम्बर ३’ भनिएतापनि सिनेमाको नाम परिवर्तन हुन सक्ने निर्देशक लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment