Comments Add Comment

राजविराजमा रिक्सा चालकले निकाले रातो टी-सर्ट र्‍याली

riksha

८ असोज, राजविराज । यात्रु विहिन प्रायः तर रातो टिसर्ट लगाएका रिक्सा चालकहरु जब राजविराज नगरपालिका परिक्रमा गर्न थाले तब एक छिन त नगरबासी सबै हेराहेर गर्न थाले । मंगलबार दिउँसो दुई बजेको थियो, रिक्सा अभाव देखिएको बेला, एक्कासी निस्कियो नगरमा रिक्सा र्‍याली र प्रायः सबै जसोको ध्यान खिच्यो यो र्‍यालीले।

बाल विवाह रोकौं भन्ने मूल नाराका साथ निकालिएको र्‍यालीले नगर परिक्रमा गर्दै एक्यबद्धता जनाएको थियो । राजविराजका बयोबृद्ध पत्रकार बैद्यनाथ झाले रिक्सा चलाएर सुरु गरेको र्‍यालीमा जिल्ला बाल कल्याण समितिका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरुले साथ दिएका थिए ।

riksha1

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला बाल कल्याण समिति सप्तरीले आयोजना गरेको सो कार्यक्रमको समापनमा सय जना रिक्सा चालकले आफ्नो परिवारका छोराछोरीको बाल विवाह नगर्ने प्रतिबद्धता जनाएका थिए । नगरौं विवाहको कुरा, जबसम्म हुदैंनौं बिस वर्ष पूरा भन्ने नारा माइकमा बझीरहदा सप्तरी जिल्लामा ६२.५ प्रतिशत बाल विवाह हुने गरेको तथ्यांक छ ।

बाल विवाह रोक्न सबैले पहल गरे मात्र सम्भव हुने बाल अधिकार अधिकृत पुनम चौधरीले बताइन् । सप्तरीमा दलित समुदायमा बाल विवाहको दर बढी रहेको तथा गरिब परिवारमा बाल विवाह हुने गरेकोले बाल विवाह रोके मात्र बाल गरिबी कम गर्न सकिने सेभ द चिल्ड्रेनका बाल अधिकार सुशासन तथा संरक्षण अधिकृत मकरबहादुर सार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment