+
+

सामसुङका दुई नयाँ एसेसरिज बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते ११:२०

काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसले दुईवटा आकर्षक नयाँ एसेसरिज ‘ल्यान युएसबी हब’ र ‘एस एक्शन माउस’ बजारमा ल्याएको छ ।

ल्यान युएसबी हबले ग्राहकलाई नोट प्रो १२.२ तथा ट्याब एसलाई इथरनेट केबलबाट इन्टरनेटमा कनेक्ट गर्न मद्दत गर्छ । साथै, ग्राहकले किबोर्ड, माउस र अन्य उपकरण पनि ल्यान युएसबी हबमार्फत नोट प्रो १२.२ तथा ट्याबएसमा जोड्न सक्छन् ।

यसको २१ पिनको आकर्षक युएसबी ३.० कनेक्टरले एडप्टर प्रयोग गर्दा सजिलै चार्ज गर्ने सुविधा पनि प्रदान गर्नेछ ।

एस एक्शन माउस १० मिटरको दुरीसम्म चलाउन मिल्ने पूर्ण रुपमा ब्लूटुथ ३.० सपोर्ट गर्ने माउस हो । अत्याधिक आरामदायी र कन्ट्रोल भएको यो माउसमा वायरलेस माउसको सुविधा र वायर्ड माउसको सटिक नियन्त्रणलाई समावेश गरिएको छ ।

एस एक्शन माउसको रिसेन्ट एप/मेनु र मल्टी विन्डो सुविधाले रिसेन्ट एप हेर्न र मल्टी विन्डो चलाउन सहज बनाउँछ । एन्ड्रोइड ४.४ वा सो भन्दा माथि भएको र रिसेन्ट एप/मेनु र मल्टी विन्डो सपोर्ट गर्ने सामसुङका कुनैपनि मोबाइल र ट्याब्लेटमा यो माउस प्रयोग गर्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?