Comments Add Comment

सीके राउतको रिहाइका लागि सर्वोच्चमा परेको रिट खारेज

८ असोज, काठमाडौं । सर्वोच्च अदालतले डा. सीके राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिट खारेज गरेको छ । लगतै विशेष अदालतले राउतलाई १४ दिन थुनामा राख्न अनुमति दिएको छ ।

ck-raut
बुधबार सर्वोच्चका न्यायाधीश सुशील कार्की र गोविन्द उपाध्यायको इजलासले राज्य विरुद्धको अपराध सम्वन्धी मुद्धाको अनुसन्धानका क्रममा विशेष अदालतबाट म्याद थप भएको र निवेदकको थुनाको बैधता सोही अदालतबाट सम्बोधन हुने भन्दै निवेदन खारेज गरेको हो ।

राउत पक्राउ गरे लगतै उनका दाइले बन्दी प्रत्यक्षीकरण सम्वन्धी रिट दायर गरेका थिए । प्रारम्भीक सुनुवाइका क्रममा सर्वोच्चले असोज ३ गते सशरीर उपस्थित गराउन आदेश दिएपछि असोज २ गते काठमाडौं ल्याएको थियो ।

१४ दिन थुनामा राख्न अनुमति

सर्वोच्चको आदेश लगतै प्रहरीले राउतलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो । अदालतले १४ दिन न्यायीक हिरासतमा राख्न अनुमति दिएको रजिष्टार नातीबाबु लामिछानेले बताए ।

प्रहरीले असोज २ गते काठमाडौं ल्याए लगतै राउतलाई विशेष अदालतमा उपस्थित गराएइको थियो । विशेषले राउतमाथिको राज्यविरुद्धको अपराधमा अभियोग स्वीकार गर्दै अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाइरहेका सप्तरीका राउत दुई साता अघि मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराधको मुद्दा चलिरहेको छ ।

आफ्नै खर्चमा उपचार गर्न दिन आदेश

सर्वोच्च अदालतले सीके राउतले उपचार माग गरेको सम्वन्धमा उनको निजी खर्चमा रोजेको चिकित्सक वा अस्पतालबाट उपचार गर्ने व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको छ । यसअघि खुट्टा सुन्निएपछि उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार गरिएको थियो ।

Ck-raut-vardict

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment