+
+
Shares

तोरीको फूल विमोचित

मंगलबार साँझ ‘हेरौ’ शिर्षकको यो व्यंग्य कविता संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दोहोर्‍याइ तेहर्‍याई पढे । मलाई सबभन्दा बढी मन परेको कविता यही हो । ‘यही कविताको कारण म आज तोरीको फूल विमोचन गर्न आएको छु ।’ तोरीको फूल व्यग्य कविताको विमोचन अवसरमा भने ‘संविधान कहिले बन्छ म केही भन्दिन माघ ८ को मिति घोषणा भएको जगजाहेर छ तर संविधान बनाउन यो व्यंग्य कविताले पनि राम्रो भूमिका खेलेको छ ।’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते ९:३९

toriko-fool

चुल्हो निभ्छ
चोक बल्छ
पुच्छर ठडिन्छ
जिउ ढल्छ
फोहोरको बासानाले
धराहराको खुटटो गल्छ
मान्छेको बिउ रोप्दा
पशु फल्छ
पशुपतिका गजुरमाथिका
बादरहरुले हाकेको देश
हेरौ कहिलेसम्म चल्छ ?

मंगलबार साँझ ‘हेरौ’ शिर्षकको यो व्यंग्य कविता संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दोहोर्‍याइ तेहर्‍याई पढे । मलाई सबभन्दा बढी मन परेको कविता यही हो । ‘यही कविताको कारण म आज तोरीको फूल विमोचन गर्न आएको छु ।’ तोरीको फूल व्यग्य कविताको विमोचन अवसरमा भने ‘संविधान कहिले बन्छ म केही भन्दिन माघ ८ को मिति घोषणा भएको जगजाहेर छ तर संविधान बनाउन यो व्यंग्य कविताले पनि राम्रो भूमिका खेलेको छ ।’ उनले भने ।

युवा कवि एवं हास्यव्यंग्यकार टंक आचार्य हाँस्यव्यग्यका परिचित नाम हुन् । सिस्नुपानी नेपालका महासचिव समेत रहेका उनि वाङ्गा कविता लेखनमा सक्रिय छन् । सभामुख नेम्वाङले कविता पढ्दै राजनीतिक दल र नेताहरुको व्यवहार नसुधि्रए समयमा संविधान बन्न नसक्ने संकेत समेत गरे ।

शहर बसेर तोरीको फूल फूलाउन सक्ने व्यग्यकार आचार्यले नकारात्मक प्रवृत्ति, अराष्ट्रिय बाटोको आलोचना, अनुशासनहीनता, भ्रष्टचार विरुद्धको अभियानमा समग्र कविताले व्यंग्य गरिरहेको पनि सभामुख नेम्वाङले टिप्पणी गरे । कविताक्रम र मुक्तकक्रम दुइ भागमा विभाजित कविताले अव्यवस्थित शहरीकरण , कर्मचारीहरुमा बढेको अनैतिक आचारण समेतलाई व्यंग्य गरेको छ ।

सिस्नुपानी नेपाल र उच्च माध्यामिक विद्यालयहरुको छाता संगठन हिसानको आयोजनामा भएको सो विमोचन कार्यक्रममा समालोचक डा. रामप्रसाद ज्ञावालीले आधा मानिस आधा पशु जस्तो व्यवहार गर्दे आफूलाई सभ्य देखाउने प्रवत्तिप्रति कविताले खरो व्यंग्य गरेको टिप्पणी गरे । याम्बुरी बुक प्वाइण्टले प्रकासन गरेको व्यंग्यसंग्रहमा समेटिएका कवितालाई व्यंग्य कवि शैलेन्द्र सिंम्खडाले वाचन गरेका थिए । कवि अर्जुन पराजुली गायक शिव परियार तथा हिसान अध्यक्ष उमेश श्रेष्ठ लगायतले आचार्यको व्यँग्य लेखन र व्यंग्यकारिताबारे आ-आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?