+
+

निकुञ्जका कर्मचारीको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते १४:३४

९ असोज, चितवन । अज्ञात समूहले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको गोली हानी हत्या गरेको छ । अर्का एक घाइते भएका छन् ।

अयोध्यापुरी ८ मा ना २६ प ८८० नम्बरको मोटरसाइकलमा ठोरी जाँदै गरेका निकुञ्जका कर्मचारी रत्ननगर १ टाँडीका शेषचन्द्र चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । नजिकैको जंगलबाट भरुवा बन्दुकसहित आएको समूहले गोली हानेर भागेका थिए ।

घटनामा बघौडा १ बसन्तपुरका त्रिलोक महतो घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?