Comments Add Comment

भारतमा बौद्ध सम्मेलन हुँदै, नेपालले बुद्धिष्ट सर्किट रूटकाे प्रवर्द्धन गर्ने

९ असोज, काठमाडौं । भारतको बौद्धगया र सारनाथमा हुन लागेको चौथो अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । भारतको पर्यटन मन्त्रालय, उत्तर प्रदेश र बिहार राज्यको संयुक्त पहलमा सेप्टेम्बर २८ तारिखमा बौद्ध सम्मेलन हुँदैछ ।

नेपाली तथा भारतीय बौद्ध सम्पदाहरुको संयुक्त बजारीकरणका लागी तथा नयाँ व्यापार रणनीति तर्जुमाका लागी नेपाली टोलीले भारतीय सरकारी अधिकारीहरु र टुर अपरेटरहरुसँग अन्तरक्रिया गर्ने बताइएको छ ।

Boudhist-Sarkit

लुम्बिनी र नेपालभित्र  बुद्धको जीवनसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानहरु रामग्राम, कुधान, निग्लिहवा, गोटिहवा, कपिलवस्तुको बजारीकरणका लागी यस सम्मेलनमा नेपाली टोलीले भारतीय बौद्ध यात्रा सञ्चालकहरुसँग अन्तक्रिया गर्नेछ ।

कम्तिमा दुई रातको लुम्बिनी भ्रमण प्याकेजको बजारीकरणका बारेमा सो टोली र भारतीय तथा अन्तर्राष्ट्रिय बौद्ध टूर ओपरेटरहरूबीच छलफल हुनेछ । धेरैजसो भारत हुँदै लुम्बिनी आउने पर्यटकहरु नेपालभित्र केही घण्टाका लागी मात्र आउने गरेको पाइन्छ ।

लुम्बिनीलाई जोड दिँदै संस्थापक विक्रम पाँडेले बुद्धिस्ट सर्किटसलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्दै आएका छन् । हालैमात्र भारतीय यात्रा सञ्चालकहरुले प्रचार गर्दै आएको एक दिने तीर्थयात्राको सट्टामा कम्तीमा चार दिने भ्रमणलाई जोड दिनुपर्ने पहल गरिएको छ ।

बुद्ध सर्किटस नेपाल र भारत लगायतका संसारभरिका ५५ करोड भन्दा बढी बौद्ध धमौलम्बीहरूका लागि महत्वपूर्ण देवमार्ग हो ।

बुद्धको जन्मस्थान लुम्विनी लगायत बुद्धत्व प्राप्त गरेको स्थल बौद्धगया, पहिलो प्रवचन दिएको सारनाथ र माहापरिनिर्वाणास्थल कुशिनगरलाई समेट्ने सो सर्किटसले प्रत्येक वर्ष बौद्ध धर्मालम्बी पर्यटकहरुको केही अंशमात्र आकषिर्त गर्दै आएको छ ।

प्रतीनिधि टोलीका अन्य सदस्यमा बौद्ध र पुरातत्वविद बसन्त बिदारी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीका राम सापकोटा र पत्रकार शरद प्रधान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment