Comments Add Comment

स्वदेश फर्किएर देशको समुन्नतीमा लाग्न प्रधानमन्त्रीको आग्रह

९ असोज, न्यूयोर्क । प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकामा रहेका नेपालीहरुलाई स्वदेश फर्किएर देशको समुन्नतीमा लाग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका नेपालीहरुसँग भएको भेटमा कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको बताए । उनले अमेरिकाको कार्य संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित, उच्च शिक्षा लिएका जनशक्तिलाई स्वदेश फर्केर देशको समुन्नतीमा लाग्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले देशमा केही गरेर देखाउन नै आफूले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको बताए ।

कार्यक्रममा जनसम्पर्क समिति शिकागोका अध्यक्ष भोजराज घिमिरेले कोइरालालाई ३ हजार ८ सय ३४ अमेरिकी डलर हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment