+
+

प्रस्तावित प्रधानन्यायाधीश साहको सुनुवाइ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते २३:२१

९ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश रामकुमार प्रसाद साहको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

ramkumar-prasad-shahसंसदीय सुनुवार्इ विशेष समितिको बिहीबार बसेको बैठकले अावश्यक छलफल गरी साहलाई सुनुवाइका लागि शुक्रबार बोलाउने भनेपनि पूर्वमन्त्री सिद्दराज ओझाको निधन भएकाले समितिको बैठक स्थगित भएको र अको बैठक पछि साहलार्इ सुनुवार्इको लागि बोलाइने समितिले जनाएको छ ।

भदौ २७ गते संवैधानिक परिषद्ले साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसादशर्माले असोज २३ गते उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन् ।

प्रधानन्यायाधीश भएमा साहले ८ महिना नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?