Comments Add Comment

डन र नेताको दसैं व्यापारीको हातमा

अरुण बराल

१० असोज, काठमाडौं । दसैं नजिकिएपछि सहरमा चोरी र लुटपाटका घटना बढ्छन् । दसैंमा प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको घोषणा गर्छन् । यसबाट प्रष्ट हुन्छ कि चोर र डाकालाई पनि दसैंमा पैसाको जरुरत अलि बढी नै पर्छ ।

परिवार र छरछिमेकमा देखाउनैपर्ने बाध्यताले कतिपय मानिसले विवशतामा परेर चोरी गरेका हुन् कि ? या कतिले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् ? यस विषयमा समाजशास्त्रीले खासै विश्लेषण गरेका छैनन् ।

विगतमा दलका नेता र मन्त्रीले समेत आफ्नो भजनमण्डलीलाई दसैं खर्च बाँडेको चर्चा सुनिन्थ्यो । यस वर्ष पनि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यकर्तालाई दसैं खर्च बाँड्ने गृहकार्य भइरहेको चर्चा छ ।

मन्त्रीपरिषदले अहिलेसम्म मन्त्रीका लागि दसैं खर्च दिने निर्णय गरेको छैन, जसले गर्दा मन्त्री वा प्रधानमन्त्रीले कसैलाई दिने दसैं खर्चको स्रोत अदृश्य नै हुने पक्कापक्की छ ।

दसैंमा कतिपय पत्रकारलेसमेत व्यापारी र प्रहरीका हाकिमबाट खाममा पैसा थाप्ने गरेको चर्चा हरेक दसैंमा चल्ने गर्छ । पत्रकार र नेताहरुलाई रक्सीका बोतल उपहारस्वरुप टक्राउने परम्परा केही व्यापारीहरुमा रहेको पाइन्छ ।

दसैंमा सभासदलाई घाटा ?

महिनाको ७० हजार आसपास तलब थाप्ने सभासदसमेत दसैंमा त्यति खुशी छैनन् । असोजको तलब थापेका सभासदहरुले अन्य कर्मचारीले जस्तो दसैंमा थप सुविधा पाउँदैनन् ।  एक सभासदले गुनासो पोख्दै भने- ‘यो जाबो पैसाले कसरी टर्छ दसैं ? जिल्लामा गएपछि कार्यकर्तालाई यसोउसो गर्नैपर्‍यो, त्यति पैसाले एक छेऊ पनि पुग्दैन ।’

डनगिरी वा गुण्डागर्दी गरेर जीवन धान्नेहरुले पनि विभिन्न ठेकदार र व्यवसायीलाई धम्क्याएर दसैं भाग लिने गर्छन् । दलका नेताले पालेका डनहरुलाई पनि सभासद र नेताले दुईचार पैसा दसैं खर्च बाँड्न बाध्य हुन्छन् ।

त्यसो त कुलतमा लागेका कतिपय बेरोजगार युवाले दसैंमा जुवा, तास र डाइसमा पैसा लगाउनुपर्ने भएपछि गल्लीमा महिलाका गरगहना लुट्ने र सार्वजनिक सवारी साधनमा पकेटमार्ने घटना बढ्ने गरेका छन् ।

चार दलका नेतामा दसैंको फिटफिटी

नेपाली कांग्रेस सत्तामा रहेकाले सो दलका कार्यकर्तामा दसैंमा केही पाइन्छ कि भन्ने आशा बढेको छ । सुशील कोइराला अहिले नेपालमा छैनन् । उनले दराजमा राखेको १२ लाख पनि हराइसकेको छ । तर, सम्पत्तिको नाममा तीनवटा मोबाइलमात्रै भएका प्रधानमन्त्रीको निवास वालुवाटारमा पैसा, बाटा खर्च र प्लेनको टिकटसम्म माग्ने कार्यकताहरुको भीड छ ।

त्यसो त एमालेभित्र पनि कार्यकर्तालाई बाँड्न पैसा चाहियो भन्दै केही नेताका नाममा व्यापारीले दुःख पाउन थालेको गुनासो सुनिएको छ ।  केही घुस्याहा कर्मचारीले चाँहि दसैंमा राज्यले दिने पेश्कीले नपुगेर दसैंको विदा नहुँदै भ्रष्टाचार गरेर जनताबाटै दसैं खर्च उठाउने गरेका छन् ।

नेताको दसैं व्यापारीको हातमा

नेपालका अधिकांश नेताहरुको कुनै बन्द व्यापार छैन । उनीहरु सहरमा सिंगै घर या फ्ल्याट भाडामा लिएर बस्छन् । साथमा छोराछोरी र कार्यकर्ता अनि नातेदार जोडिएका छन् ।

यो स्थितिमा नेताहरुको दसैं खर्च जुटाइदिने ठेकेदार वा व्यापापारीहरु नै हुन् । कतिपय नेताले आफूले सरुवा-बढुवाका लागि भनसुन गरिदिएका कर्मबाट समेत सहयोग मागेर दसैं मान्ने गरेका छन् ।

व्यापारी र हाकिमलाई मालामाल

दसैंमा व्यावरीहरुलाई चाँहि मालामाल हुने गरेको छ । विभिन्न उपभोग्य सामाग्रीको व्यापार गर्नेहरुले यो बेलामा जथाभावी भाऊ कायम गरेर उपभोक्ताबाट गग्ने गरेका छन् । दसैंमा चोर, डाका, लुटेरा, भ्रष्टाचारी र कालाबजारिया बाहेक आफ्नो मेहनत गरी खाने इमान्दार जनतालाई भने ठूलो सास्ती र आर्थिक संकट आउने गरेको छ ।

सामान्य तहका प्रहरीहरु पनि दसैंमा आफ्नो घर नगई ड्युटीमा खट्न बाध्य हुन्छन् । तर, हाकिमलाई भने अदृश्य स्रोतबाट आउने नजराना र रक्सीको उपहारले उनीहरुको दसैं रंगीन बनाउँछ ।

इमान्दार सरकारी कर्मचारीहरुको दसैं भ्रष्टाचारीको भन्दा रुखो र सादा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment