Comments Add Comment

नेपालमा शाहिद-श्रद्धाको ‘हैदर’ कस्तो चल्ला ?

haider-film
बिहिबारबाट नेपाली बक्स अफिसमा ३ सिनेमाको भिडन्त हुँदैछ । रेखा थापाको ‘हिम्मतवाली’सँग २ हिन्दी सिनेमा नेपालका हलमा लाग्दैछन् । यसमध्ये बलिउडका चर्चित दुई कलाकार शाहिद कपुर र श्रद्धा कपुरको ‘हैदर’को अपेक्षा अझ धेरै छ ।

विशाल भारद्धाजले ‘कमिने’ पछि शाहिद कपुरलाई लिएर ‘हैदर’ बनाएकाले पनि यसको चर्चा अझ बढेको हो । टेलिभिजन र यूट्यूबमा देखिएका शाहिदका तस्बिरले दर्शकमा उत्सकुता बढेको छ । उसो त ऋतिक रोशन र कटि्रना कैफको एक्सन चलचित्र ‘ब्याङ ब्याङ’ले पनि बजारमा एक प्रकारको क्रेज बनाइरहेको छ ।

शाहिद कपुर र श्रद्धा कपुर पछिल्लो समय बक्स अफिसमा निक्कै चर्चामा छन् । ‘आर राजकुमार’ ले शाहिदलाई चर्चामा ल्याउँदै गर्दा श्रद्धाका ‘आशिकी २’ र ‘एक भिलेन’ ले बक्स अफिसमा तहल्का नै मच्चाएका थिए । यसैले पनि दुई स्टार कलाकारको ‘हैदर’प्रति दर्शकको आशा बढेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

नेपालमा यो सिनेमाको वितरण दर्शना आर्टस्ले गर्न लागेको हो । यसका सीइओ सुरेश दर्पण पोख्रेलका अनुसार नेपालमा यो सिनेमाको पि्रमियर पनि गरिनेछ । विश्व चर्चित साहित्यकार शेक्सपियरको चर्चित कृती ‘ह्याम्लेट’माथि आधारित रहेर यो सिनेमा बनाइएको हो । यसकारण पनि दर्शकमा शाहिद र श्रद्धाको ‘हैदर’माथि उत्साह थपिएको छ । काठमाण्डौका केही मल्टिप्लेक्स हलले सिनेमाको लागि अगि्रम बुकिङ खुलाएको वुझिएको छ ।

सिंगल थिएटरमा रेखा थापाको ‘हिम्मतवाली’को प्रभाव पर्ने विश्लेषण धेरै छ । काठमाण्डौका एक दर्जन र मोफसलका करिब ५० माथि हलमा ‘हैदर’ लाग्ने बताइएको छ । बलिउडमा समेत निक्कै धेरै अपेक्षा गरिएको ‘हैदर’ले नेपाली बजारमा कस्तो प्रभाव छोड्ने हो, बिहिबारबाट थाहा हुनेछ । तर, एक नेपाली र २ हिन्दी सिनेमाको नेपाली बक्स अफिस भिडन्त आफैमा रोचक हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment