Comments Add Comment

आज नम्रताले बसन्तपुरमा गाउने

namrata-shrestha
काठमाडौ । गतसाता पोखरामा स्टेज तताएकी गायिका नम्रता श्रेष्ठले आज (शनिवार) काठमाडौंको बसन्तपुरमा गाउने भएकी छिन् । अभिनयसंगै गायनमा समेत सहभागी हुन थालेकी नम्रताको यो दोस्रो कन्सर्ट हो ।

यसअघि विभिन्न स्टेजमा कार्यक्रम होष्ट गरेपनि गायन उनको पोखराको कन्सर्ट नै पहिलो हो ।

उनलाई गायनमा ताण्डब हिरो लाउरे र गिरिश खतिवडाले साथ दिने भएका छन् । गिरिश र लाउरे र्‍यापरका रुपमा चिनिन्छन् ।

हाइली हाइ र भुटु इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा ‘बि बोइङ’ डान्स पनि दर्शकले हेर्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment