Comments Add Comment

लोकप्रिय बन्दै फेसबुक बिरोधी साइट, घण्टामा ३१ हजार नयाँ सदस्य थपिदै

Ello1फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ ।
‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् ।
७ जना आइटी प्रोफेसनहरुले आफ्ना साथीहरुसँग जोडिन सुरु गरेको एलो लोकपि्रय बनेपछि अहिले सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।
अगष्ट ७ तारिखबाट सुरु भएको यो साइटले आफुलाई ‘एन्टी फेसबुक सोसल मिडिया’का रुपमा चिनाइरहेको छ । फेसबुकमा जस्तै बिज्ञापन पनि नहुने र प्रयोगकर्ताको तथ्याङ् पनि नबेचिने साइटले दावी गरेको छ ।
एलोमा पनि फेसबुक र ट्वीटरजस्तै सुबिधाहरु छन तर त्यति प्रयोगकर्ता मैत्री भने छैन् । यसमा स्टाटस लेख्न, प्रोफाइल तस्वीरु राख्न, साथीलाई एड वा फलो गर्न पाइन्छ ।
ello2यसको मुख्य बिशेषता भनेकै तपाईले फेसबुकमा जस्तो बिज्ञापनको भिडभाड देख्नु पर्दैन, फेसबुकमा जस्तो वास्तविक नाम र लिंग खुलाउनु पर्दैन र तपाईका ब्यक्तिगत सूचना बिज्ञापनदातालाई बेचिने खतरा छैन ।
यो साइट यसरी भाइरल हुनुको मुख्य कारणचाहिँ यसको वास्तविक नाम र लिंग खुलाउन नपर्ने नीति नै हो । जसले गर्दा तेस्रो लिंगी, समलिंगी र उभयलिंगीहरुले राहत महसुस गरेका छन् ।
एलोका संस्थापक वल बुठनीत्ज अमेरिकी राज्य वेरमोन्टको एक बाइक सपका मालिक हुन् ।
प्रबिधि बिश्लेषकहरुले इलोले सुरुवाती दिनमा बिना बिज्ञापन लोकपि्रयता हाँसिल गरिरहेको भएपनि लामो समयसम्म आफ्नो नीतिमा अडिन सक्नेमा शंका ब्यक्त गरेका छन् ।
एलोले कसरी संचालन खर्च जुटाउने भन्ने स्पष्ट नपारेका कारण कुनै दिन बिज्ञापनमा जान बाध्य उनीहरुको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment