+
+

भेडाच्याङ्ग्राको मूल्यमा ३० प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १७ गते ८:५४

chyangra१७ असोज, म्याग्दी । यस वर्षको दसैंमा भेडाच्याङ्ग्राको मूल्यमा ३० प्रतिशतले वृद्धि भएको छ । मासुका लागि परनिर्भर म्याग्दीमा दसैंको समयमा तिब्बतबाट आएका भेडाच्याङ्ग्राको मूल्य बढेपछि मासुको मूल्य बढेको हो ।

बेनी बजारका मासु पसलमा खसीको मासुको मूल्य प्रतिकेजी ७ सय ५० भए पनि तिब्बतबाट आएका भेडाच्याङ्ग्राको मासुको मूल्य प्रतिकेजी एक हजार एक सय रुपैयाँ पर्न गएको छ । दसैंको समयमा प्रायःजसोले घर-घरमै खसी काट्ने प्रचलन भए पनि मागअनुसार भेडाच्याङ्ग्राको आयात हुन नसक्दा मूल्य बढेको स्थानीय जनताले बताएका छन् ।

छिमेकी देश चीनबाट भेडाच्याङ्ग्राको आयात गर्ने गरेको भए पनि यस वर्ष गत वर्षको तुलनामा आधा मात्र भेडाच्याङ्ग्रा भित्रिएका कारण यस्तो समस्या आएको हो । व्यवसायीले तिब्बतमै भेडाच्याङ्ग्राको मूल्य बढेका कारण आफूहरुले मूल्य बढाएर बिक्री गर्नुपरेको बताउँछन् ।

गत वर्ष १४ हजार रुपैयाँमा पाइने खसीको मूल्य अहिले १८ हजार रुपैयाँ भन्दा बढी पर्न गएको छ । व्यवसायीले तिब्बतमै ११ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने भएका कारण पनि मूल्य वृद्धि गर्नुपरेको बताउँछन् ।

स्थानीय गाउँठाउँमा रहेका खसी र बोकासमेत महँगो हुने हुँदा भेडाच्याङ्ग्रा सस्तोमा खरिद गर्ने गरेका सर्वसाधारण यसपालिको दसैंमा प्रत्यक्षरुपमा मर्कामा परेका छन् । गत वर्ष तीन हजार खसी बोका जिल्ला भित्रिएकामा यस पटक एक हजार ५ सय मात्र भित्रिएको व्यापारीको भनाइ छ ।

बोका, खसी तथा भेडाच्याङ्ग्रा सहजरुपमा पाउन नसक्दा म्याग्दीमा मासु अभाव हुने मासु व्यवसायी बताउँछन् । यता, दसैंको लागि मासुको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइसकेको जिल्ला पशुसेवा कार्यालय म्याग्दीलेे जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष म्याग्दीमा मासुको माग बढेको पशु कार्यालयले जनाएको छ । चीन तथा मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण पछि मात्र म्याग्दीमा ल्याउने गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?