Comments Add Comment

कांग्रेसको चियापानका लागि प्रधानमन्त्रीको निम्तो

sushil koirala२० असोज, काठमाडौ । हरेक वर्ष कोजाग्रत पूणिर्माको अवसरमा गर्ने चियापान कार्यक्रम यस वर्ष पनि गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कोजाग्रत पूणिर्माको दिन मंगलवार चियापान कार्यक्रम गरिने नेपाली कांग्रेसले जनाएको छ ।

विजया दशमीको अवसरमा पार्टीले गर्ने चियापान कार्यक्रमको निम्तो प्रधानमन्त्री सुशील कोइरालाले नै दिएका छन् । पार्टी सभापतिको तर्फबाट कोइरालाकै नाममा निमन्त्रणा पत्र पठाइएको छ ।

चियापान कार्यक्रममा सहभागीताका लागि प्रमुख राजनीतिक दल, विदेशी कुटनीतिज्ञ, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, उद्योग व्यवसायी लगायत विभिन्न तहका विशिष्ट ब्यक्तिहरुलाई आमन्त्रण गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

दिउासो १ बजेदेखि ४ बजेसम्म आयोजना गरिने चियापान कार्यक्रमका लागि ७ हजार पााच सय भन्दा बढिलाई निमन्त्रणा पत्र पठाइएको कांग्रेस कार्यालयले जनाएको छ । कांग्रेस संस्थापक बीपी कोइरालाले वि.सं.२०३५ सालको कोजाग्रत पूणिर्मादेखि सुरु गरेको चियापान बीपीको निधनपछि पनि निरन्तरता दिइदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment