Comments Add Comment

‘म युवतीको मामालामा असफल’

rajesh-payal-rai
गायक राजेश पायल राई अझै अविवाहित छन् । अविवाहित रहेकाले पनि गायक राइलाई यस बिषयका प्रश्नहरु धेरै नै खेप्नु पर्दछ । अनलाइनखबरसँगको एक भेटमा गायक राजेश पायल राइले आफू प्रेम र विवाहको बिषयमा असफल भएको स्विकार गरे ।

तपाई प्रेमको मामालामा असफल हो भन्ने प्रश्नमा गायक राइले भने-‘हो अब यसै भन्नु पर्ला । गरेको केही प्रेम पनि असफल भए । यसपछि मैले बिहे गर्छु भन्दा कहिले जुरेको छैन ।’

बुबा आमा विदेशमा भएकाले पनि आफूले बिहे गर्न नपाएको राजेशको भनाई छ । विश्वका अधिकांश देशमा पुगिसकेका यी गायकलाई नेपालमा राइ इज किङको उपनामले पनि चिनिन्छ । तर, गायनमा सफल यी गायक बिहे र प्रेममा भने असफल देखिएका हुन् ।

तर, राजेशले अनलाइनखबरसँग भने-‘यूवती र प्रेमको मामालामा असफल भएपनि म भर्जिन भने छैन ।’ जीवनको यात्रामा सेक्सको सुख आफूले पनि प्राप्त गरेको उनले खुलाए ।

राजेशले जीवनमा आफूले बिहे चै पक्कै गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment