Comments Add Comment

प्रकृयामा गएर भएपनि माघ ८ मा संविधान ल्याउनपर्छ : ज्ञवाली

निमुसंगम घर्ती

२१ असोज, दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सहमति नजुटे प्रकृयाबाटै भएपनि आगामी माघ ८ गते संविधान जारी गर्नुपर्ने बताएका छन् ।

एमाले दाङले मंगलबार घोराहीमा आयोजना गरेको दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा ज्ञवालीले सबै दलको लचकता साथ सहमतिमा माघ ८ गते संबिधान जारी गर्नुपर्ने बताए ।

दलहरुका आ-आफ्नै अडानका कारण संविधान बन्नेमा शंका रहेको भन्दै उनले जनतालाई दिएको वाचा पुरा गर्न प्रकृयामा गएरै भए पनि तोकिएकै मितिमा संविधान बनाउन लाग्नुपर्नेमा जोड दिए । संघीयता, धर्मनिरपेक्षता जस्ता बिषयमा दलहरुको फरक मत रहेकाले सहमतिका लागि लचिलो हुने पर्ने उनले बताए ।

राज्यपुनःसंरचना गर्दा सात प्रदेश सम्म बनाउन सकिने एमालेको धारणा रहेको ज्ञवालीले बताए । उच्चस्तरीय राजनिति संयन्त्रको संयोजक प्रचण्डलाई दिँदा कुनै फरक नपर्ने तर, आलोपालो हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य शंकर पोख्रेलले प्रमुख दलका शीर्ष नेताहरु कै कारण संविधान निर्माणमा ढिलाइ भएको आरोप लगाए ।

बाबुराम र प्रचण्डबीचको सम्बन्ध राम्रो नहुँदा त्यसले संबिधान निर्माणमा असहज भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment