Comments Add Comment

मुलपानी क्रिकेट इन्डोर ग्राउण्डको लागि झन्डै ४० लाख जुट्यो

यूएई । मुलपानी क्रिकेट स्टेडियममा निर्माणहुने इन्डोर प्राक्टिस ग्राउण्डको सहयोगका लागि झन्डै ४० लाख रुपैयाँ संकलन भएको छ ।

एनआरएनए यूएईको सहयोगमा रकम संकलन भएको हो । गत शुक्रवार दुबईमा सम्पन्न बिशेष भेलामा इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण सहयोग अभियानका लागि गठित समितिको पुनर्गठन समेत गरिएको छ । समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ आईसीसीका मध्यपूर्व संयोजक चन्द्रबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भेलाले केहि सदस्यहरुमा हेरफेर गरेको हो ।

गैर आवासीय नेपाली संघ यूएईले २ बर्ष अगाडी काठमाण्डौको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको छेउमा झन्डै ६२ लाख रुपैयाँको लागतमा क्रिकेट इन्डोर प्राक्टिस ग्राउण्ड सहयोग स्वरूप निर्माण गरिदिने भन्दै नेपाल क्रिकेट संघसँग सम्झौता गरेको थियो ।

भेलामा २ बर्षको अबधिमा संचालित रकम तथा सहयोगीहरुबाट प्रतिबद्धता स्वरूप व्यक्त भएका रकमको विवरण समेत सार्वजनिक गरियो ।

अभियानका संयोजक रोकाहाका अनुसार जर्शी बिक्री मार्फत झन्डै २५ लाख रुपैया संकलन भएको छ । जसमध्ये ११ लाख नब्बे हजार दुई सय रुपैयाँ जर्शी उत्पादन गर्ने कम्पनीलाई बुझाएको र ५२ हजार सात सय अठ्तीस रुपैयाँ कुरियर वापत खर्च भएको छ ।

बाँकी १२ लाख रुपैयाँ नेपाल क्रिकेट संघसंगको संयुक्त खातामा रहेको छ । त्यसैगरी जर्शीमध्ये ६१ हजार चार सय चौध यूएई दिर्हाम (झन्डै १६ लाख रुपैयाँ) संकलन हुन बाँकि रहेको जानकारी दिए ।

अन्य क्षेत्रबाट प्राप्त हुने सहयोग अभियान भने इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण अबधिभर नै संचालन गर्नसक्ने भेलाले निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ आईसिसिका अध्यक्ष शेष घलेले १० लाख रुपैया सहितयूएई र यूएई बाहिर रहेका संघका पदाधिकारी, सदस्यहरु तथा अन्य समाजसेवीहरुले हालसम्म १४ लाख रुपैयाँ भन्दा बढी रकमको प्रतिबद्धता छ ।

गत बर्षको नोभेम्बरमा यूएईमा नेपाली क्रिकेट टिमलाई स्तरीय ब्याट सहयोग गर्ने क्रममा संकलित रकम मध्येबाट बचेको झन्डै १ लाख तीस हजार रुपैयाँ पनि अभियानमा थपिने उक्त भेलामा बताइएको थियो ।

सोहि अभियानको सहयोगार्थ दुबईमा आयोजित सत्य स्वरूप लाइभ कन्सर्टका संयोजक सन्तोष प्रसाईंले १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

उक्त अभियानका लागि जम्मा २ हजार छ सय सत्तरी जर्शी, २ सय नब्बे ट्राउजर र १७६ क्याप प्राप्त भएको छ । जसमध्ये झन्डै चालिस प्रतिशत रकम बराबरको जर्शी बजारमा रहेको र बिक्री भएतापनि नगद प्राप्त हुन बताइएको छ ।

दुई बर्ष भित्रमा निर्माण पुरा गरिसक्ने लक्ष्य लिइएको उक्त इन्डोर प्राक्टिस ग्राउण्डको निर्माण कार्यको कार्य अझै शुरुवात हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment