Comments Add Comment

कुन-कुन राशीलाई जुरेन चन्द्रग्रहण हेर्न ?

२२ असोज, काठमाडौं । आज दिउँसो दुई बजेर ५९ मिनेटपछि चन्द्रग्रहण लाग्दैछ । हिन्दू परम्पराअनुसार ग्रहण हेर्नका लागि राशीफल जुर्नुपर्छ ।

Rasifalआज आश्विन शुक्ल पूणिर्मा उप्रान्त प्रतिपदाका दिन पूणिर्मा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने खगोलविद्हरुले जनाएका छन् ।

ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण बेलुकी ६ बजेर १९ मिनेटमा समाप्त हुनेछ । दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरे पनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिनेछ ।

पृथ्वी, चन्द्रमा र सूर्य एउटै रेखामा आउने हुनाले आजको चन्द्रग्रहण विशेष रहेको नेपाल विज्ञान प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्टका बैज्ञानिक सुनिल लौडारीले बताए ।

सूर्यको प्रकाशलाई पृथ्वीले करीव आधा घण्टा छेक्दा चन्द्रमा कालो देखिने उनले बताए । यो ग्रहण नांगो आँख्ााले देख्न सकिन्छ ।

भोजन, श्रृंगार र मैथुन बर्जित

जम्मा २८ मिनेटमात्र देखिने खण्डग्रास चन्द्रग्रहण भए पनि तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने शास्त्रीय धारणा रहेको छ ।

ग्रहणको चन्द्रोदयपछि पाँच बजेर ५१ मिनेटमा स्नान गरी ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

कुन राशीलाई राम्रो ?

ज्योतिषशास्त्र अनुसार यो चन्द्रग्रहण वृष, मिथुन, तुला र मकर राशीका मान्छेहरुका लागि राम्रो छ । रेवती नक्षत्रका मीन राशीका व्यक्तिहरुका लागि अतिकष्ट रहेको ज्योतिषहरुले बताएका छन् ।

वृष राशीका व्यक्तिले चन्द्रग्रहण हेर्दा लाभ हुने र मिथुन राशीका व्यक्तिले हेर्दा सुख प्राप्त हुने ज्योतिष सूर्यनाथ पन्तले बताए । त्यस्तै तुला राशीलाई पनि सुख र मकर राशीका व्यक्तिले श्रीप्राप्ति गर्ने उनले बताए ।

तर, यसपटकको चन्दग्रहण हेर्दा मीन राशीका व्यक्तिलाई घात हुने र कुम्भ राशीकाले क्षति व्यहोर्नुपर्ने ज्योतिषहरुले पात्रोमा उल्लेख गरेका छन् ।

त्यस्तै मेष राशीलाई व्यय, कर्कटलाई माननाश, सिंहलाई कष्ट, कन्यालाई स्त्रीपीडा, वृश्चिकलाई चिन्ता र धनु राशीका व्यक्तिलाई व्यथा हुने उल्लेख छ ।

ज्योतिषशास्त्रले राशीफलका आधारमा ग्रहण हेर्न हुने/नहुने बताए पनि खगोल विज्ञानले चाँहि यसलाई अवैज्ञानिक तर्कका रुपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment