Comments Add Comment

जीवनले खेल्दिन भनेको भूमिकामा आर्यन देखिदै

jiwan-luitel-and-aaryan-sig
सम्बन्धको विकास जसरी हुन्छ, त्यसलाई टिकाउन पनि त्यती नै गाह्रो हुन्छ । एकपछि अर्को हिट फिल्मका चर्चित जोडी नायक जीवन लुइटेल र निर्देशक विकास आचार्यविच खटपट देखिएको छ ।

‘नाइ नभन्नु ल र नाइ नभन्नु ल २’मा देखिएका नायक जीवन लुइटेल ‘नाइ नभन्नु ल ३’मा नदेखिने भएपछि यतिबेला सिने बजार गर्मिएको छ ।
जीवनले सिनेमा नगर्नुको कारण बताउँदै अनलाइनखबरसँग भने-‘यो सिनेमा मैले बकाइदा रिजेक्ट गरिदिएको हो । मलाई भूमिका कत्ती पनि चित्त वुझेन । मैले मुख्य भूमिका नभई गर्दिन भनेकै हो ।’

चलचित्रमा नायक जीवन लुइटेलले गर्दिन भनेको भूमिकामा उनका अर्का प्रतिस्पर्धी नायक आर्यन सिग्देलले खेल्ने पक्का भएको छ । आर्यनले सिनेमाका लागि ७ दिन समय दिने पक्का गरेको निर्माता विकास आचार्यले जानकारी दिए । आर्यनले यो सिनेमाको छायांकन सकेर खुट्टाको अप्रेशन गर्ने जनाएका छन् ।

विकास आचार्यले आफूलाई तेश्रो श्रृङ्खलासम्म आइपुग्दा नपत्याएको जीवनको भनाई छ । उनले भने-‘खै मलाई किन साइड भूमिकामा मात्र देख्नुभएछ । सायद म मुख्य हिरोका लागि नसुहाउँने भए होला ।’

जीवनले विकास आचार्यसँगको सम्बन्ध नविग्रिएको बताएपनि उनका आक्रोशित शब्दले भने ‘दालमा केही कालो’ देखिएको छ । यता, नायक आर्यन सिग्देल भने हिट सिनेमाको तेश्रो भागमा सानो भूमिका गरेर भएपनि विकास आचार्यसँग सम्बन्ध अगाडि बढाउने दाउँमा देखिएका छन् ।

विकासले अर्को नयाँ चलचित्रमा आर्यनलाई लिने श्रोत बताउँछ । विकासको शक्तिशाली क्याम्पबाट जीवन टाढा भएर आर्यन नजिक देखिएका छन् । यसले कुन हिरोलाई फाइदा वा घाटा हुने हो भोलीका दिनमा थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment