Comments Add Comment

‘कथाले छोयो भने नेपाली सिनेमा खेल्छु’ : आमिर खान

aamir-khan-in-yak-and-yati                                                   तस्बिर सौजन्य : सुशिल पौडेल

नेपालमा रहेका नायक आमिर खानले आफ्नो मनलाई छुन्छ भने नेपाली सिनेमा गर्न तयार रहेको बताएका छन् । आज काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै आमिरले आफूलाई विश्वका हरेक सिनेमा गर्दा खुशी लाग्ने बताए ।

उनले सिनेमा कुन देशको हो भन्दा पनि त्यसको कथावस्तु कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । आफूले सिनेमाको बिषयवस्तुलाई मुख्य ध्यान दिने भन्दै आमिरले कथावस्तुले छोएको खण्डमा नेपाली सिनेमा गर्न तयार रहेको बताए । उनले सिनेमा गर्दा आफूलाई भाषाको ज्ञान पनि हुन जरुरी रहेको खुलाए । यूनिसेफको दक्षिण एसियाका लागि पोषण दुत रहेका नायक आमिर खान यससम्बन्धी जनचेतना जगाउन मंगलबार नेपाल आएका हुन् ।

स्टार प्लसबाट ‘सत्यमेव जयते’ नामक कार्यक्रम चलाइरहेका आमिरले आफ्नो आमाको प्रेरणाका कारण अगाडि बढ्न सकेको बताए । उनले भने-‘आज पनि मलाई मेरो आमाले प्रेरणा दिनुहुन्छ । जसका कारण म अगाडि बढेको छु ।’

भ्रुण हत्याका बारेमा बोल्दै आमिरले यस बिषयमा हरेक मानिस जागरुक हुनुपर्ने बताए । आमिरले भने-‘हामी मानिसलाई यो बिषयमा संझाउन सक्छौ । तर, हरेक मानिसको बेडरुमसम्म पुग्न सक्दैनौ ।

भ्रुण हत्याको बारेमा सबैभन्दा बढी छलफल श्रीमान् श्रीमतीको बेडरुममा हुने उनको भनाई छ । उनले हरेक बेडरुममा प्रहरी राख्न सकिदैन भन्दै मानिसहरु नै सजग हुनुपर्ने बताए । उनले ‘सत्यमेव जयते’बाट आफूले मानिसमा जागरुकता ल्याउने काम गरेको समेत बताए । मानिसलाई कानुन र सोचले परिवर्तन ल्याउने भन्दै आफूहरुले सोचबाट परिवर्तन गर्न खोजेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment