२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले सरकारले आपुर्ति व्यवस्थापन गर्न नसक्दा ग्यास अभाव भएको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘उद्योगमन्त्रीज्यूले राजीनामा दिनुभएको छ,’ सांसद खातुनले भनिन्, ‘तर राजीनामा जवाफदेहिता होइन । मन्त्री फेरिएर मात्र जनताको चुलो बल्दैन ।’
आजै उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन् ।
उद्योगमन्त्रीको राजीनामा जवाफदेहिता नभएको बताउँदै सांसद खातुनले मन्त्री फेरिएर मात्र जनताको चुलो नबल्ने कांग्रेस सांसद खातुनले बताएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4