+
+

ओम फाइनान्सद्धारा विद्यार्थीलार्इ कापी-कलम बितरण

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १५:५३

om finance२३ असोज काठमाडाैं । ओम फाईनान्स लिमिटेड दमौली शाखाले तनहुं जिल्ला ब्यास नगरपालिका ५ स्थित सिन्धु प्राथमिक बिधायलका बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री बितरण गरेको छ ।

दमौलीका शाखा प्रवन्धक प्रतिक्षा श्रेष्ठ र कर्मचारीहरुले स्कूलका प्रधानाध्यापक राम बहादुर नेपालीलाई स्टेशनरी, खेलकूद तथा संगितका समाग्रीहरु हस्तान्तरण गरेको हो । स्कूलमा ७६ जना बिद्याथीहरु अध्ययनरत छन् भने त्यसमध्ये १३ जना बिद्याथीहरु अपांड्ड रहेका छन् ।

ओम फाईनान्स र कामना विकास बैंक आपसमा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तरोन्नती हुनको लागि मर्जर प्रक्रियामा रहेकाछन ।

फाईनान्सको सञ्चालक समितिले शेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र आंउदो साधारणसभाले पारित गरेपछि बितरण हुने कम्पनीका महाप्रवन्धक बुद्धि मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?