Comments Add Comment

३.३३ अंकले घट्यो नेप्से, १० करोडको कारोबार

२३ असोज काठमाडौं । बिहीबार ३.३३ अंकले घटेर नेप्से परिसूचक ९२१.८८ अंकमा झरेको छ । दशैंपछि कारोबार खुलेकै दिन बुधबार पनि नेप्से १३ अंकले घटेको थियो ।

यो दिन १ सय ३२ कम्पनीका २ लाख ३२ हजार कित्ता सेयर १० करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबारको कारोबारमा जलविद्युत, बीमा र वित्त कम्पनी समूहका सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, होटल र अन्य समूहका सूचक घटेका छन् ।

जलविद्युत समूह ३६.१३ अंकले, बीमा समूह ११.२८ अंकले र वित्त कम्पनी समूहको सूचक १.३५ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

त्यसैगरी वाणिज्य बैंक समूहको सूचक ४.८२ अंकले घटेको छ । यो समूहको मात्रै साढे ३ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल समूहको सूचक १.६४ अंकले, विकास बैंक समूहको २.५६ अंकले र अन्य समूहको सूचक १४.०९ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment