Comments Add Comment

एप्पल विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड, फेसबुकको छलाङ

brand

एप्पलको प्रतिष्ठित लोगो फेरि एकपटक विश्वभरका प्रविधिप्रेमीहरुका लागि आत्मीय प्रतिकको रुपमा स्थापित हुन सफल भएको छ । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पल लगातार दोश्रो वर्षपनि विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको हो ।

१ खर्ब १९ अर्ब डलर कुल मूल्य सहित एप्पलले आफुलाई विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा उभ्याउन सफल भएको हो । एप्पलको यो ब्राण्ड मूल्य साइप्रस, केन्या तथा इस्टोनिया समेत ३ देशको कुल गाह्रस्थ उत्पादनको योगफल भन्दा पनि बढि हो ।

पछिल्ला १२ महिनामा एप्पलको ब्राण्ड मूल्यमा २१ प्रतिशतले वृद्धि भएको इण्टरब्राण्डले प्रकाशित गरेको विश्वका उत्कृष्ट ब्राण्डहरु सम्बन्धि प्रतिवेदनले जनाएको छ ।

एप्पललको लोगो सन् १९७७ मा रोब ज्यानोफले सिर्जना गरेका हुन् । अरु फलजस्तो नदेखियोस् भनेर केही भाग टोकेर खाइएको स्याउको आकारको एप्पलको लोगो प्रविधिप्रेमीहरुले निकै रुचाउने प्रतिक ठहरिएको छ ।

प्रतिवेदनका अनुसार विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको दोश्रो स्थानमा गुगल रहेको छ । यसको ब्राण्ड मूल्य १ सय ७ बिलियन डलर रहेकेा छ । गुगलले पछिल्लो १ वर्षमा आफ्नो ब्राण्ड मूल्यमा १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

गुगल पछि तेश्रो स्थानमा चर्चित पेय कोकाकोला रहेको छ । कोकाकोलाको ब्राण्ड मूल्य ८१ ऋर्ब ५० करोड छ । चौथो स्थानमा ७२ अर्ब २० करोड ब्राण्ड भ्यालु सहित आइबिएम रहेको छ । त्यस्तै पाँचौ स्थानमा माइक्रोसफ्ट रहेको छ । जसको ब्राण्ड मूल्य ४५ अर्ब ५० करोड छ ।

कुल ब्राण्ड मूल्यका हिसाबले केही तल २९ औँ स्थानमा रहेपनि यो वर्षमा सबैभन्दा बढि प्रगति गरेको ब्राण्ड फेसबुक हो । आफ्नो ब्राण्ड भ्यालुमा ८६ प्रतिशतले वृद्धि गर्दै फेसबुकले ब्राण्ड मूल्य १४ अर्ब ३० करोड पूराएको छ ।

इन्टरब्राण्डले कम्पनीको वित्तिय अवस्था, ब्राण्ड प्रतिको उपभोक्ताको लगाव तथा ब्राण्ड शक्ति विश्लेषणका माध्यमबाट ब्राण्ड मूल्यको हिसाबकिताब गर्ने गर्छ ।
रिपोर्ट अनुसार यो वर्ष ब्राण्ड मूल्य खस्कने कम्पनीमा नोकिया सबैभन्दा अगाडि छ । ब्राण्ड मूल्यको आधारमा अघिल्लो वर्ष ५७ औँ स्थानमा रहेको नोकिया यो वर्ष ९८ औँ स्थानमा छ । उसको ब्राण्ड मूल्य जम्मा ४ अर्ब १० करोड डलर छ ।

उता चिनिया प्रविधि कम्पनी तथा स्मार्टफोन निर्माता हुवेइले भने पहिलोपटक आफुलाई मूल्यवान १ सय ब्राण्डको सूचिमा अटाउन सफल भएको छ । ४ अर्ब ३० करोड ब्राण्ड भ्यालु सहित हुवेइ ९४ औँ स्थानमा रहेको छ ।

तथ्यांक अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङ छैटौँ तथा जापानी कम्पनी टोयोटा आठौँ स्थानमा रहेका छन् । त्यस्तै जर्मन कम्पनी मर्सेडिज बेन्ज १० औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment