Comments Add Comment

नेपालका जडीबुटी अब यूरोप पठाइने

jadibutti२४ असोज, काठमाडौं । शृङगारका साधन बनाउने उपयोगि नेपालका अर्धप्रशोधित जडीबुटी युरोप निर्यात गर्न नेपाल, फ्रान्स र जर्मनीका विभिन्न संस्थाबीच साझेदारी भएको छ ।

वनस्पति विभागका महानिर्देशक यमबहादुर थापा, नेपालका लागि जर्मनका राजदूत मटिहास मेयर र फ्रान्सेली राजदूत मार्टिन बास्सेरोले बिहीबार संयुक्तरुपमा परम्परागत ढिकी जाँतोमा जडीबुटी पिसेर यस विकास साझेदारीको शुभारम्भ गरेको गोरखापत्रमा खबर छ ।

नेपालका जंगली तथा खेती गरिने जडीबुटी युरोप निर्यात गर्न हिमालयन बायो ट्रेड प्रालि, फ्रान्सेली कम्पनी नाटेभा र जर्मनी संघीय आर्थिक सहयोग तथा विकासमन्त्रालयतर्फबाट जीआईजेडको साझेदारीमा यस कार्यक्रमलाई अघि बढाइएको हो ।

यस कार्यक्रममा साना किसानहरुबाट उत्पादित तथा संकलित सुगन्धित वनस्पतिलाई अर्धप्रशोधन गरी युरोपको बजारमा निर्यात गरिनेछ । सरकारले एकीकृत व्यापार रणनीति, २०१० अन्तर्गत निर्यातयोग्य वस्तुको रुपमा समेत सूचीकृत गरेको जडीबुटी युरोप निर्यात बढाउन सकिए नेपालका ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment