नयाँ आइफोन सार्वजनिक गरेको महिनादिन पछि एप्पलले आफ्नो संस्करणको आइप्याड समेत सार्वजनिक गर्दैछ । आउँदो अक्टोबर १६ मा एप्पलले नयाँ आइप्याड सँगै म्याक कम्प्युटर समेत सार्वजनिक गर्ने भएको छ ।
एप्पलका ती नयाँ ग्याजेट अक्टोबर २४ देखि नै बजारमा आउने छन् जसमा नयाँ म्याक सफ्टवेयर योसेमाइस हुनेछ जुन निशुल्क डाउनलोड गर्न सकिनेछ ।
अघिल्लो हप्ता नै चर्चामा आएका खबर अनुसार एप्पलले आफ्नो नयाँ संस्करणको आइप्याड एयरलाई ‘फिनिसिङ टच’ दिइरहेको छ । नयाँ आइप्याड मध्ये गोल्ड भर्सन अर्थात् सुनको आइप्याड समेत हुनेछ ।
नयाँ ग्याजेट सार्वजनिक गर्ने १६ अक्टोबरको समारोहका निम्ति एप्पलले निम्तो समेत गरिसकेको छ । तर क्यालिफोर्नियाको मुख्यालयमा हुने उक्त समारोह आइफोन लञ्च समारोहको तुलनामा निकै कम भव्य हुने बताइएको छ ।
भियतनामको एक अनलाइनले सार्वजनिक गरेको खबर अनुसार इप्पलको नयाँ आइप्याड ७ मिलिमिटर बाक्लो हुनेछ । अर्थात् यसको मोटाइ आइफोन सिक्स जत्तिकै हुनेछ ।
९.७ इन्चको नयाँ आइप्याड सुनौलो धातुको खोलको स्वरुपका साथै चाँदी र खैरो रंगमा समेत उपलब्ध हुने बताइएको छ । साथै यसको चौकुना पनि आइफोन सिक्सको जस्तै बढि घुमाउरो हुनेछ ।
उक्त आइप्याडमा टच आइडी फिंगरपि्रन्ट सेन्सरका साथै एप्पल पे सफ्टवेयर समेत उपलब्ध हुनेछ ।
स्मरण रहोस् एप्पलले अघिल्लो वर्षको अक्टोबरमा आइप्याड एयर र आइप्याड मिनी गरी २ नयाँ भर्सनका आइप्याड बजारमा ल्याएको थियो ।
यो पटक एप्पलले नयाँ आइप्याड सँगै डेक्सटप कम्प्युटर आइम्याकको नयाँ भर्सन समेत ल्याउँदैछ । एप्पलको नयाँ आइम्याकमा अल्ट्रा एच डी रेटिना डिस्प्ले स्त्रिmन रहने बताइएको छ ।
साथै यसमा छिटो गतिको प्रोसेसरका साथै सुधारिएको वाइफाइ एन्टिना समेत रहनेछ ।
प्रतिक्रिया 4