+
+

बाँकेमा तीन हप्तामा तीनजनाको हत्या

२५ असोज, नेपालगन्ज । बाँकेमा तीन हप्तामा तीन जनाको हत्या भएको छ । सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
त्यस्तै ५३ जना जुवाडे पक्राउ परेका छन् भने १० गुण्डालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते ७:५४

आरपी सुवेदी

२५ असोज, नेपालगन्ज । बाँकेमा तीन हप्तामा तीन जनाको हत्या भएको छ । सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
त्यस्तै ५३ जना जुवाडे पक्राउ परेका छन् भने १० गुण्डालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीन जनाको हत्या

बाँकेमा एक महिला, एक बालक र एक पुरुषको हत्या भएको छ । असोज १५ गते राति शम्शेरगंज-९ हवल्दारपुरका अनिल गुभाजुले आफ्नै श्रीमती रन्जु श्रेष्ठमाथि हथौडा प्रहार गरी मारेको अभियोगमा उनी सहित अन्य एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक शेखर कोईरालाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार बाँके बिनौना- ५ का ६५ वषिर्य रामलाल थारुको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धान भईरहेको छ । मृतक धामीको काम गर्दै आएका थिए ।

यसैगरी कोहलपुर-१० रामनगरमा हत्या गरेर बोरामा फालिएको अवस्थाको एक बालकको शव २२ गते ईलाका प्रहरी कार्यालय कोहलपुरले फेला परेको छ । पाहाडे मूलको जस्तो देखिने सो बालकको सनाखत हुन नसकेको ईप्रका कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरिक्षक जनक शाहीले जानकारी दिए । उनले घटनाको बारेमा आवश्यक अनुसंघान भईरहेको र कोहलपुर क्षेत्रबाट कसैले पनि आफ्नो बच्चा हराएको भन्दै खोजिको लागि नआएकोले घरेलु कामदार वा कोहलपुर भन्दा बाहिरको भएको कारणले मृतक बालकको सनाखत हुन नसकेको बताए । मृतक बालकको ढाडमा धारिलो हतियारले प्रहार गरिएको छ ।

सवारी दुर्घटनामा ३ को मृत्यु १७ घाईते

यसैगरी बाँकेमा भएका सवारी दुर्घटनामा परेर ३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुमध्ये केही उपचार गराएर घर फर्केको र केही उपचारकै क्रममा रहेको पहरीले जनाएको छ ।

जुवाडे पक्राउ

दसैंको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा जुवातास तथा कौडा खेल्ने ५३ जना जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बागेश्वरी गविस क्षेत्रबाट २१ जना, कोहलपुरबाट ११, बनकटवाबाट ८, नेपालगन्जबाट ७ र कारकाँदोबाट ६ जनासहित ५३ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ र आवश्यक अनुसन्धान गरी छोडिएको प्रहरी उपरिक्षक कोईरालाले जानकारी दिए ।

गुण्डागर्दी गर्ने पनि पक्राउ

सो अवधीमा गुण्डागर्दी गर्ने १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुको साथै ३ जनालाई प्रहरीले सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएको जनाएको छ । पार्किङ्ग गरेर राखेको यात्रुबाहक बस चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान बढाएको जनाएको छ । यसैगरी सो अवधीमा विभिन्न प्रकारका लागूऔषध प्रयोग गरेको तथा साथमा राखेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएर अनुंधान अघिबढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?