+
+
Shares

सुकुम्वासी आयोगको विघटन गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते १८:३९

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी आयोग विघटन गर्न माग गरेको छ । सत्ता साझेदार एमालेले एकलौटी ढङ्गबाट आयोगको काम कारबाही गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको काग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सुकुम्बासी समस्या समाधान आयोगबाट एकलौटी, एकतर्फी र बेथितीपूर्ण ढङ्गबाट जग्गा वितरणलगायत काम भएको निष्कर्ष निकालेको छ ।

“एकलौटीरूपमा जग्गा वितरण गरिएकाले आयोगको औचित्यमाथि प्रश्न उठाएर आयोगको तत्काल विघटनको माग बैठकमा बोल्ने अधिकांश सदस्यले राखेका कारण त्यस मागप्रति पुनःविचार गर्न बैठकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो,” बैठकपछि नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?