+
+
Shares

बारा गोलीकाण्डबारे गृहमन्त्रीद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १८:२५

२६ असोज, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले बारा गोलीकाण्डमा प्रहरीको आँखा फुटाउने तथा हात भाँच्ने प्रयास भएपछि प्रहरीले गोली चलाएको बताएका छन् । मन्त्री गौतमले यस्तो घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

व्यवस्थापिका संसदको आइतबारको बैठक सुरु हुनासाथ सभासदहरुले घटनाबारे सरकारसँग स्पष्टीकरण मागेपछि मन्त्री गौतमले यस्तो जवाफ दिएका हुन् ।

संसदमा गोलीकाण्डबारे जानकारी दिँदै गृहमन्त्री गौतमले भने-अन्तिमसम्म गोली हान्ने आदेश दिइएको थिएन, एकजना प्रहरीको आँखामा गम्भीर चोट लाग्यो र प्रहरी ढल्न थाले । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीमाथि भइरहेको आक्रमणको आत्मरक्षाका लागि गोली चलाउनु परेको हो ।’

सशस्त्र प्रहरीको गाडीमा पेट्रोल छर्किएर आगो लगाउँदा समेत गोली चलाउने आदेश नदिएको भन्दै मन्त्री गौतमले हवाइ फायरबाट पनि स्थिति शान्त नभएको र प्रहरीमाथि नै आक्रमण भएपछि बाध्य भएर गोली चलाएको बताए ।

साम्प्रदायिक सद्भाव खल्बल्याउने किसिमका नारा लगाउँदै प्रहरीमाथि आक्रमण भएको संकेत गर्दै गौतमले भने-‘नेपाल ऐतिहासिक परीक्षणको घडीमा खडा भएका बेला सामाजिक सद्भाव जारी राख्नुपर्छ । म त्यो भाषा प्रयोग गर्दिँन, जसले सदभावना भड्काउँछ ।’

छानविन समिति बनाउने घोषणा

गृहमन्त्री गौतमले घटनाको छानविन गर्न समिति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि सरकार तयार रहेको बताउँदै उनले भने- ‘अहिले राखेको मागप्रति सरकार संवेदनशील छ । यो घटनालाई अरु उठाउनुहुन्न । दोषीमाथि कारबाही हुन्छ ।’

सरकारले घाइतेको उपचार गर्ने

गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा बारा घटनाप्रति गृहमन्त्रीले दुःख व्यक्त गरेको र घाइतेहरुको उपचार सरकारले निशुल्क गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?