+
+

प्राङ्गारिक मल बनाउने मेसिन अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १८:४८

२६ असोज, लहान । सरकारी अनुदानमा एक वर्षअघि ल्याइएको लाखौँ रुपैयाँ पर्ने प्राङ्गारिक मल बनाउने मेसिन दक्ष प्रविधिज्ञको अभावमा जडान हुन नसकी अलपत्र परेको छ ।

माटो व्यवस्थापन निर्देशनालयमार्फत एक वर्षअघि अनुदानमा ल्याइएको मेसिन दक्ष प्रविधिज्ञको अभावमा जडान हुन नसकेको हो ।
यो मेसिन सिरहाको विष्णुपुर प्रम-७ मा रहेको साना किसान कृषि सहकारी संस्थाले ल्याएको हो । सहकारीका अध्यक्ष सत्यनारायण यादवले सरकारले अनुदानमा मेसिन दिए पनि नेपालमा दक्ष प्रविधिज्ञ नपाएकाले मेसिन जडान हुन नसकेको जानकारी दिए ।

‘निर्देशनलायले मेसिन खरिद गर्न २० लाख रुपैयाँ अनुदान त दियो तर प्रविधिज्ञ नपाएपछि मेसिन त्यसै थन्क्याएर राखेका छौं’ अध्यक्ष यादवले भने- ‘चाडपर्व सकिएलगत्तै मेसिन सुचारु गर्छौं ।’

सहकारीका अध्यक्ष यादवका अनुसार केही समय पहिले प्रविधिज्ञ ल्याएर मेसिन जडान गर्न खोजिए पनि नसकेपछि त्यसै छोडिएको थियो ।

मेसिन खरिद गर्न अनुदानको २० लाख रुपैयाँ र संस्थाको समेत २० लाख रुपैयाँसहित ४० लाख रुपैयाँ खर्च भएको थियो । मेसिन जडान नभएर खुल्ला रूपमै राखिँदा खिया लाग्न थालेको छ ।

सहकारीका सञ्चालक राजकुमार यादवले प्रविधिज्ञ नहुँदा मेसिन जडान गर्न नसकेर प्राङ्गारिक मल उद्योग सञ्चालन गर्ने भवनसमेत निर्माण गर्न नसकेको बताए । सरकारी अनुदान समयमै नलिए रोक्का हुने भएकाले भवन बनाउन राखिएको रकमसमेत मेसिन खरिद गर्न खर्चिएको यादवले उल्लेख गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?